रुपन्देही ।
सैनामैना –४ मुर्गियामा बिहीबार भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । लायन्स चौक नजिकै लु १ ज २७२८ नम्बरको विङ्गरले लु १ प ७७४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको छ । ठक्कर बाट सैनामैना नगरपालिका स्थायी घर भएका ४० बर्षिय शेर बहदुर कुँवरको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको छ । कलिपवस्तुको चारम्बरबाट बुटवल तर्फ आउदै गरेको विङ्गरले सैनामैना–१ रानिवगीयाबाट रामापुर तर्फ जादै गरेका कुँवरलाई ठक्कर दिएको थियो ।
गम्भिर घाईते भएका उनलाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । विङ्गर चालकले गम्भिर गल्ती गरेको भन्दै अक्रोसित स्थानीयले विङ्गर जलाएका छन् ।
आफ्नो साईडबाट हिडेको मोटरसाईकल बाटोको छेऊमा गएर तिब्र गतिमा रहेको विङ्गरले ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । विङ्गर चालकले गम्भिर गल्ती गर्दै बोटोको बायाँ साईडबाट हिडेको मोटरसाईकलाई ठक्कर दिएपछि स्थानीयहरुले आक्रोसित हुदै विङ्गगरमा आगो लगाएका हुन । आगो निभाउनको लागि बुटवलबाट दमकल समेत गएको थियो । विङ्गरको लापरवाहीले गम्भिर दुर्घटना भएको भन्दै आक्रोसित स्थानीयहरुले पुर्व पश्चिम राजमार्गको मुर्गियामा सडक अवरोध गरेका थिए ।
प्रतिक्रिया