९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज ठूलो वर्षाको सम्भावना छैन



काठमाडौं ।
उपत्यका सहित देशभरको मौसम अहिले आंशिक बदली भएको छ । दिउँसो चर्को घाम लागेपनि बेलुका भने पानीपर्ने सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन् ।
मौसमविद् गंगा नगरकोटीका अनुसार बेलुका काठमाडौंसहित देशभर हल्कादेखि मध्येमखालको वर्षाको सम्भावना रहेको छ । मनसुनी न्युनचापीय रेखा तलतिर सर्दै गएकाले हिजोदेखि मनसुन केही निष्क्रिय भएको उहाँको भनाइ छ ।

१,२ दिन खासै ठूलो पानी पर्ने सम्भावना छैन । तर भोलि र पर्सी भने बिहान र दिउँसो पनि क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै बिहीबार देशका प्रमुख नदीहरुमा पानीको बहाबको दर घट्ने र सतर्कता तह आसपास रहने बाढी पुर्वानुमान शाखाले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७५ बिहिबार ००:००  ४ : ०७ बजे