दिपक खड्का, चन्द्रौटा ।
किशोरी, किशोरीहरूको विकाशका लागि साम’दायिक छलफल शिवराज नगरपालिकाको वडा न ३,४ मा सम्पन्न् भएको छ । किशोर अवस्थामा देखा पर्ने शारिरिक,मानसिक र संवेगातमक परिर्वतन बारे किशोर,किशोरी अभिभवक र वडा प्रतिनिधि संग छलफल गरिएको थियो ।
छलफलमा किशोर,किशोरी तर्फ देखि आफनो भनाई राखदै विष्णु माया वि.क ले समुदाय र घर परिवारले उनीहरूलाई सहयोग गर्ने गाँउमा हुने हरेक भेलामा सहभागिता गराए आफुहरूले पनि समुदायिक विकाशमा सहयोग गर्ने र परिर्वतनका संवाहक किशोर,किशारी पनिहुन र उनीहरूले केहि गर्न सक्छन भनि सोच परिर्वतन गर्न सक्ने बताइन ।
विश्व स्वास्थ्य संगठनले १० देखि १९ वर्ष उमेरलाई किशोर,किशोरी भनि परिभाषित गरेको छ । यो उमेर समुहमा हुने शारिरिक,मानसिक र संवेगातमक परिर्वनले उनिहरूमा हुने व्यवहार परिवर्तन अनुसार सहि समयमा सहि सल्लाह दिन सके उनिहरूको भविष्य उज्जल हने र उचित सल्लाह नपाएमा कुलतको शिकार हुने सम्भावना बढी हुने विषयमा जोड दिएका थिए ।
कार्यक्रम शिवालय संस्थाका उपाध्यक्ष संतोष महरजनको अध्यक्षता वडा न ३ का वडा अध्यक्षको प्रमुख आतिथ्यितामा कार्यक्रम समपन्न् भएको थियो ।
प्रतिक्रिया