९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्युठानमा पहिरोले ३ घरगोठ पुरिए, एक जना बेपत्ता



सलिम अन्सारी, प्युठान ।
मंगलबार राती देखिको अविरल बर्षाको कारण खसेको पहिरोले घर पुरिँदा उत्तरी प्युठानमा एक जना बेपत्ता भएका छन् । गौमुखी गाउँपालिका ४ को साविक पुजा गाविस पातालेखर्क जाडागाउँमा खसेको पहिरोले मंगलबार राति ३ घरगोठ पुरेको प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । स्थानीय देवबहादुर सुनारको घरगोठ र झगे विकको घर पहिरोले पुरेको हो ।

पहिरोमा परेर ३५ वर्षीय झग बहादुर सुनार बेपत्ता भएका हुन् ।सोही पहिरोमा ७ वटा बाख्रा र ४ भैंसीसमेत बेपत्ता भएको खबर छ ।पुजा लिवासेबाट गएको प्रहरी टोलिले उनको खोजि कार्य जारी राखेको प्युठान प्रहरीले बताएको हो। स्थानीयका अनुसार अन्य ७ वटा घरसमेत पहिरोको उच्च जोखिममा छन्।

घटनाको बिस्तृत जानकारी लिन र उद्धारका लागि बुधवार बिहानै जिल्ला प्रहरी कार्यालय प्युठानबाट इन्स्पेक्टरसहितको उद्दार टोली घटनास्थलतर्फ पठाइएको प्रजिअ गैरेले जानकारी दिनुभयो । घटनाको क्षतिको विवरण संकलन र उद्धार कार्य भैरहेको छ ।मंगलबार राती देखि प्युठानमा पानी परिरहेको छ।झिमरुक नदिको बहाव समेत बढेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७५ बुधबार ००:००  ७ : ४२ बजे