अर्घाखाँची ।
मौसममा खराबी आएपछि अर्घाखाँचीको सन्धिखर्कमा अकस्मात हेलिकप्टर अवतरण गरिएको छ । काठमाडौंबाट सुर्खेतका लागि उडेको कैलाश सर्भिसेजको हेलिकप्टर मौसमको खराबीले बाटो बिराएपछि सन्धिखर्कको शान्तिनगरको फाँटमा अकस्मात अवतरण भएको हो ।
मौसम खराब भई अवतरण गरेको हेलिकप्टर झण्डै २५ मिनेटपछि भैरहवाको लागि उडेको हो । भैरहवा गएर फ्युल भरेपछि पुनः सुर्खेतका लागि उडेको जनाइएको छ ।
२९ श्रावण २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया