शिवलाल सुवेदी, गुल्मी ।
नेकपा (विप्लप) समुहले आयोजना गरेको नेपाल बन्दको कारण मंगलबार विहानै देखि गुल्मी जिल्लाको सदरमुकाम तम्घास लगायत बिभिन्न स्थानको जनजीवन पुर्णरुपमा प्रभावित भएको छ । बन्दका कारण विहानै देखि छोटो तथा लामो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् भने बजार, उद्योगधन्दा तथा शिक्षण संस्थाहरु पुर्ण रुपमा ठप्प रहेका छन ।
बन्द कर्ता भने बजारमा देखिएका छैनन् । बन्द कर्ताहरु वजारमा नदेखिएको भए पनि सुरक्षाकर्मीहरुको उपस्थिति वाक्लो रहेको छ । नेकपाले आफ्ना पार्टीका स्थाथी समिति सदस्य तथा प्रबक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड लगायत केन्द्रिय नेतालाई विना कारण प्रकाउ गरेको भन्दै रिहाईकोे माग गदै आज नेपाल बन्दको घोषणा गरेको हो ।
प्रतिक्रिया