९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नवलपरासीमा बन्द कर्ताले ट्रक जलाए



नवलपरासी ।
नेपाल बन्दको पूर्व सन्ध्यामा विभिन्न स्थानमा बम विष्फोट गराएका विप्लव समूहले बन्दको दिन आज पूर्वी नवलपरासीमा दुईवटा ट्रक जलाएका छन । गैंडाकोटमा आज विहानै विप्लव कार्यकर्ताले ट्रक आगजनी गराएका हुन् ।

कपिलबस्तुको चन्द्रौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकेर राखिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

आगजनीबाट ट्रकमा क्षति पुगेकोे छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउको विरोधमा आज नेपाल बन्द आव्हान गरिएको छ । बन्दका कारण प्रदेश ५ को नवलपरासी सहित रुपन्देही, कपिलवस्तु लगायत जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७५ मंगलबार ००:००  २ : ३० बजे