मायादेवी अनलाइन, कपिलवस्तु ।
बजाजको पल्सर १५० ट्विन डिस्क बाइकको नयां मोडल एक समारोहबीच कपिलवस्तुको केदारनाथ मोटरसाईकल पार्टस वैरियामा सार्वजनिक गरिएको छ । नेपालमा सर्वाधिक विक्री हुदै आएको मोटरसाइकल ब्राण्ड बजाज कम्पनीले केदारनाथ मोटरसाइकल पार्टस लगाएतका देशैभरका आधिकारिक बजाज सोरुमबाट पल्सर १५० ट्विन डिस्कको नयां मोडल आइतबार सार्वजनिक गरेको हो ।
कपिलवस्तुको बैरियामा रहेकोे बजाजको आधिकारिक विक्रेता केदारनाथ मोटरसाईकल पार्टसले ग्राहक तथा शुभेच्छुकहरुको उपस्थितीमा पल्सर डबल डिस्क मोडलको बाइक सार्वजनिक गरेको हो । नयाँ मोडलको ट्विन डिस्कको पल्सर मोटरसाईकलको डिलर प्रमुख विष्णु पाठक तथा नेपाल पत्रकार महासंघका सचिव हरि अधिकारीले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो ।
सो अवसरमा मोटरसाईकल पार्टस व्यवसायले युवालाई स्वरोजगार बनाउदै देशको आर्थिक विकासमा उल्लेखनीय मद्दत पुगेको पत्रकार हरि अधिकारीले बताउनुभयो । साथै युवा व्यवसायी विष्णु पाठकले स्वदेशमै लगानी गरेर काम गरिरहेकोमा आफु खुशी हुदै स्थानीय स्तरमा रोजगारीको सिर्जजना गर्दै बेरोजगारको अन्त्य र आर्थिक समृद्धिमा आफनो योगदान रहेको बताउनुभयो ।
कम्पनीको रणनितीबारे प्रष्ट्याउंदै अर्का संचालक विनोद पाठकले नयां मोडलको मोटरसाईकल आरामदायी र ग्राहकको दैनिक जीवनमा रोमान्चक सुविधा प्रदान गर्ने खालको भएको बताउनुभयो । मोटरसाइकलको स्पोर्ट सेग्मेन्टमा नयाँ आयाम थप्नको लागि पल्सर १५० ट्वीन डिस्कको डिजाइन बजारमा ल्याइएको कम्पनीले जनाएको छ । नयाँ मोडलको बाईकले ग्राहकलाई नयाँ जोश र नयाँ अनुभूति प्रदान गर्दै मोटरसाइकल प्रविधि र डिजाईनलाई त्यसरी नै पुनः परिमाणित गर्ने संचालक पाठकको भनाई छ ।
केदारनाथ मोटरसाईकल पार्टस्का संचालक पाठकका अनुसार १५० सिसि डि. टि. एस. आई इञ्जिनले दिने १४ पि. एस. पावरले ग्राहकको दैनिक जीवनमा रोमाञ्चक एवं आरामदायी यात्राको सुनिश्चितता प्रदान गर्ने बताइएको छ । यसको अतुलिय पावर र माइलेजको उत्कृष्ट समायोजनले यो बजाजका बाइकहरु मध्येमा उत्कृष्ट रहेको छ ।
युवा देखि वृद्ध सम्म आरामदायी सवारीको आनन्द लिनका लागि पल्सर १५० ट्विन डिस्क उपयुक्त हुने उत्कृष्ट माइलेज, आधुनिक एवं आकर्षक डिजिटल मिटर, डबल डिस्क ब्रेकिंग क्षमता, आरामदायी सवारीको सुनिश्चतता, लाइटिङ्ग सिस्टम एकनास, सजिलो स्टार्ट, वाइड ट्युबलेस टायरहरु र स्पोर्टीलुक्स यस्को मुख्य विशेषता रहेको छ । पल्सर १५० ट्वीन डिस्क ३ रङमा उपलब्ध रहेको मोटरसाईकलको २ लाख ५५ हजार ९ सय रुपैयाँ बजार मूल्य रहेको कम्पनीले जनाएको छ ।
२८ श्रावण २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया