९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपाल आर्दश माविले नेपालको कानुन मान्दैन ! कानुन विपरित शुल्क उठाउँदै



दिपक खडका, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका अन्तरगत वडा नं. १ मा रहेको नेपाल आदर्श उच्च मा.वि प्रदेश न ५ को नमुना बनेको नेपाल आर्दश उच्च मा.वि नेपालको संविघान २०७२ को कार्यन्वयनमा बाधक बनेको छ । शिवपुर कलोनीमा रहेकोे नेपाल आर्दश उच्च मा.वि मा कक्षा ११ अध्ययन गरि कक्षा १२मा भर्नाहुन गएका शारिरिक अपाङ्गता भएका छात्र संग विद्यालयले भर्ना शुल्क लिएको समिम मुसलमानले बताए ।
नेपालको संविधान २०७२ भाग ३ को मौलिक हक र कर्तव्य धारा ३१ मा शिक्षा सम्बन्धी हक अन्तर्गत उपधारा ३ मा अपाङ्गता भएका र आर्थिकरूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुने कानुनमा व्यवस्था भए पनि राज्य विद्यालय संचालनमा कुनै पनि सुविधा नदिएकोे र कागजमा मात्र उल्लेख गरेकोले यसलाई कार्यन्वयन गर्न नसकिने प्राचार्य मुक्तिनाथ पोखरेलले बताउनुभयो ।
यस विषयमा शिवराज नगरपालिका शाखा प्रमुख पुर्ण बहादुर विश्वकर्माले मुसलमानलाई निःशुल्क शिक्षाका लागि विद्यालयलाई अनुरोध गरकोे हो यो विषयमा आफुले केही गर्न नसक्ने बताउनुभयो । नेपालको संविधान बमोजिम व्यवस्थापिका संसदले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को परिच्छेद ५ मा अपाङ्गता भएका व्यक्तिको शिक्षा २१ धाराको उपधारा १ मा अपाङ्गता भएका व्यतिmलाई नेपाल सरकार वा स्थानिय तहबाट संचालित वा नेपाल सरकारवाट अनुदान प्राप्त शैक्षिक संस्था द्वारा निःशुल्क रूपमा उच्च शिक्षा उपलव्ध गराउने र उपधारा ३ मा अपाङ्गता भएका व्यक्तिलाई शैक्षिक संस्थामा भर्ना हुदाँ कुनै पनि प्रकारको शुल्क लिन पाइने छैन भनी व्यवस्था भए पनि विद्यालयले शुल्क लिएको गुनासो मुसलमानले गर्नुभयो ।

प्रकाशित मिति : २८ श्रावण २०७५ सोमबार ००:००  १ : ५३ बजे