९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अनुदानको रकम नपाएको भन्दै किसान आन्दोलित



माधव बेल्वासे, कपिलवस्तु ।
सरकारले दिने अनुदान नपाए पछि कपिलवस्तुका उखु किसानहरु आन्दोलित भएका छन । आर्थिक बर्ष ०७१।७२ मा सरकारले प्रति क्वीन्टल २५ रुपैयाको दरले दिने भनेपनी अहिलेसम्म त्यो नपाउदा किसानहरु आन्दोलित भएका हुन ।
अनुदान पाउने रकम हाल सम्म पनि नपाएको भन्दै किसानहरुले इलाका प्रशासन कार्यालय चन्द्रौटामा आज १ घण्टा नारा सहित धर्ना दिएका छन । कपिलवस्तुमा ७ हजार उखु कृषकले सो अनुदान पाउन सकेका छैनन । अन्य जिल्लाका केही किसानहरुले अनुदानको रकम पाएपनि कपिलवस्तुका किसानले नपाएको उखु कृषक ओम प्रकाश चौधरी बताउनुभएको छ ।
कपिलवस्तुमा मात्रै करिव ढाई करोड रकम किसानहरुले पाउनुपर्ने रहेको र सम्पुर्ण प्रकृयाहरु पुरा गरेको भए पनि रकम पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले वताउनुभएको छ । पटक पटक सरकारको ध्यानकर्षण गरेपनि अनुदान नपाएको चौधरीको गुनासो रहेको छ ।
सुगर मिलले कागजपत्रमा ढिलाई गर्दा लगाएतका कारण देखाउदै सो रकम नदिएको चौधरीले वताउनुभयो । कपिलवस्तु किसान संघले साउन २० गते आइतवार इलाका प्रशासन कार्यलय मार्फत सम्वन्धित मन्त्रालयलाई ज्ञापनपत्र समेत वुझाएको चौधरीले बताउनुभयो ।
सरकारले किसानले पाउनु पर्ने रकम नदिएको भन्दै साउन ३० गते देखी अनिश्चित कालको लागी कपिलवस्तु उखु किसान संघका अध्यक्ष अनुपकुमार चौधरी सहितको टोली अनशन बस्ने कार्यक्रम समेत रहेको जनाएका छन ।

प्रकाशित मिति : २८ श्रावण २०७५ सोमबार ००:००  १ : ४२ बजे