९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दुई हजार बढी लिटर घरेलु मदिरा नष्ट



शिवलाल सुवेदी, गुल्मी ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले ठुलो परिणाममा घरेलु मदिरा जफत गरि नष्ट गरेको छ । घरेलु मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिदै गुल्मी प्रहरीले रेसुङ्गा नगरपालिकाका विभिन्न स्थानबाट २ हजार लिटरभन्दा बढी परिणामको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको हो ।
रेसुङ्गा नगरपालिका ८ को बुढाथोकी बसपार्क, वडा नं २ को अर्घाखाँची जीपपार्क, उदिनढुङ्गाबाट एक सय १० लिटर उत्पादित तयारी मदिरा, एक हजार ६० लिटर कच्चा पदार्थ, मदिरा बनाउन प्रयोग गरिने मर्चा ३० किलो, सामग्री पैनी सात थान, पलाष्ट्रिक ड्रम ४० थान, पलाष्ट्रिक ग्यालिन १७ थान र माटाको हाँडी तीन थान बरामद गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले जानकारी दिए ।
हामीले सदरमुकाम तम्घास मात्र हैन अव जिल्लाभर नै घरेलु मदिरा नियन्त्रण अभियानलाई कडाइका साथ लागु गछौ जिल्ला प्रहरी प्रमुख वस्नेत भन्छन‘ आजै जिल्लाको मदाने गाउँपालिका ६ को पुर्कोटदहका विभिन्न स्थान एृक हजार लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र पाँच लिटर उत्पादित तयारी घरेलु मदिरा समेत बरामद गरी नष्ट ग¥यौ ।’ बरामद गरिएको मदिराको कच्चा पदार्थ दुई हजार ६० लिटर र एक सय १५ लिटर उत्पादित तयारी मदिरा पत्रकार नागरिक समाज, बुद्धिजीवी, ब्यापारी र समाजसेवीहरुको रोहवरमा नष्ट गरिएको हो ।
सामाजिक अपराध तथा घरेलु हिंसाको प्रमुख कारण घरेलु मदिरा भएकाले प्रहरीको घरेलु मदिरा नियन्त्रण अभियानलाई सवैको साथ आवश्यक रहेको नागरिक समाज गुल्मीका सयोंजक पदम प्रसाद पाण्डेले बताए । प्रहरीले अहिले जुन काम गरेको छ यो एकदमै राम्रो छ पाण्डेले भने‘ कसैले घरेलु अवैध मदिरा उत्पादनलाई जिविको पार्जनसंग जोडेर वहस गरेपनि यसलाई नियन्त्रण नै गनुपर्छ ।’
उनले नागरिक समाजले प्रहरीको यो अभियानलाई साथ दिने दावी समेत गरे । यसको उत्पादन, सेवन र बिक्री वितरणले समाजमा पारेको प्रभाव डर लाग्दो छ रहेको उनको भनाई छ । जिल्लामा प्रहरीले केहि समय अघिदेखि गाँजा फडानी अभियानलाई पनि अगाडी बढाएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट करिव ३० क्विन्टल गाँजा फडानी गरि नष्ट गरिसकेको तथ्याङ्ग रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७५ आइतबार ००:००  ३ : ३२ बजे