३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

पश्चिममा आज ‘अति भारी वर्षा’को सम्भावना, सजक बन्न आग्रह



काठमाडौं ।
मौसमविदले शनिबार राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको बताएका छन् । पश्चिम नेपाल भन्नाले पोखरादेखि सु्दूरपश्चिमसम्मको क्षेत्रलाई लिने गरिन्छ ।
मौसमविद विभूति पोखरेलले शनिबार राति पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको बताइन् ।
वर्षा र बदलीको सम्भावना भने सोमबारसम्म देशभर नै रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
बुलेटिनअनुसार शनिबार दिउँसो पश्चिमका एक वा दुई स्थानमा र राति पश्चिमका केही स्थानहरुमा तथा पूर्व र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । शनिबार राति भने पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ ।
आइतबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ । आइतबार दिउँसो र राति पश्चिमका केही स्थान तथा मध्य र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार बिहानको समयमा पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भाबना रहेको तथा दिउँसो र राति देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद पोखरेलले जानकारी दिइन् ।

प्रकाशित मिति : २६ श्रावण २०७५ शनिबार ००:००  ३ : ०९ बजे