चितवन ।
चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् ।
आज बिहान ४ः४० बजे भारतबाट काठमाडौं जाँदै गरेको एमएच९४२९टी ९०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परि ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ ।चालकको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा बिहान ५ः२० बजे मृत्यु भएको र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा भारत बलरामपुरकै ४० वर्षका फिरोज आलम घाइते भएको र उनको अहिले त्यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
२६ श्रावण २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया