३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

रहेनन साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि



काठमाडौं ।
साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन भएको छ । २०५७ सालमा मृगौला फेल भएपछि डायलाइसिस गर्दै आउनुभएको दाहालको उपचारका क्रममा धापाखेलमा रहेको सुमेरु अस्पतालमा शुक्रबार साँझ निधन भएको हो । उहाँको निधनको पुष्टि आस्था कला केन्द्रका अध्यक्ष रमेश थापाले गर्नुभयो ।
यज्ञनिधि दाहाल (दाहाल यज्ञनिधि) नेपाली रेडियो तथा साहित्यिक क्षेत्रमा परिचित हुनुहुन्थ्यो । २०१० सालमा खोटाङको खाल्लेमा दाहालको जन्म भएको थियो ।
रेडियो नेपालमा उहाँले चलाएको ‘साहित्य संसार’ कार्यक्रमका कारण उहाँ नेपाली रेडियो जगतमा निकै नै लोकप्रिय हुनुहुन्थ्यो ।
२०३६ सालमा रेडियोमा चल्दै आएको साहित्यिक कार्यक्रमको नाम परिवर्तन गरी साहित्य संसार राखेर चलाउन थालेका दाहाल यज्ञनिधिले २०५६ सालसम्म निरन्तर रुपमा उक्त कार्यक्रम चलाउनुभएको थियो ।
दाहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख,साहित्य समीक्षा, समालोचना, अन्तवार्ता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा अतुलनीय टेवा र्पुयाउनुभएको साहित्यकार, रेडियोकर्मी तथा चलचित्र निर्देशक प्रकाश सायमीले बताउनुभयो ।
तत्कालीन समयमा कथित तल्लो जातका मानिसहरूले प्रयोग गरिने अभिवादन ‘जदौ’ शब्दको सर्वव्यापी प्रयोगलाई उहाँले विस्तार गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७५ शनिबार ००:००  ३ : ०१ बजे