सिर्जना थारु, कपिलबस्तु ।
नगरपालिका र सामुदायिक बन समन्वय गरेर जानु पर्ने बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रंसाद थारुले बताउनु भएको छ । सामुदायिक बन उपभोक्ता महासंघ र नेपाल बाणगंगा नगर महासंघ कपिलबस्तुले राजपानीमा आयोजना गरेको सामुदायिक बन दिवस कार्यक्रममा बोल्दै मेयर थारुले यस्तो बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका थारुले वन संरक्षणमा सबै पक्ष लाग्नु पर्नेमा जोड दिनुभयो ।
सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष हुमनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक नगर महासघंका उपाध्यक्ष ढाकाराम अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
यस्तैै कार्यक्रममा बोल्दै नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई र फेकोफन् प्रदेश ५ का सदस्य अमित पौडेल लगायतले बोल्दै आउने पिढिले पनि बनको सेवा सुविधा लिन सक्नेगरी बन संरक्षण गर्दै लैजानु पर्ने बताउनुभयो ।
कार्यक्रममा फेकोफन प्रदेश ५ का सदस्य हुमा अधिकारी, वडा नम्वर ३ का वडा अध्यक्ष सन्तराम रौतार, नगर कार्यपालिका सदस्य योगनाथ सुनार लगायतको आतिथ्यता रहेको थियो । सामुदायिक बन दिवसको अवसरमा पर्यटकिय स्थल राजापानीमा बृक्षारोपण समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन कालिका सामुदायिक बनका सचिब सुनिता गुभाजुले गर्नु भएको थियो ।
२६ श्रावण २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया