काठमाडौं ।
यस वर्षको गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार पाल्पास्थित अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहले हात पार्न सफल भएको छ ।
सरकारले प्रदान गर्दै आएको एक लाख नगद सहितको त्यो पुरस्कार वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पाल्पा स्थित अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहलाई प्रदान गर्नु भएको हो ।
सामुदायिक वन राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच ७५ हजार राशीको गणेशमान सिंह सामुदायिक वन दोस्रो राष्ट्रिय पुरस्कार अर्घाखाँचीस्थित धिरीखोला सामुदायिक वनलाई दिइएको छ ।
गणेशमान सिंह सामुदायिक वन तेस्रो राष्ट्रिय पुरस्कार भने कपिलवस्तुको वीरपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समितिले प्राप्त गरेको छ । यस वर्षको साझेदारी वन प्रथम राष्ट्रिय पुरस्कार कपिलवस्तुको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहलाई प्रदान गरिएको छ । त्यस पुरस्कारको राशी ५५ हजार ५ सय ५५ रहेको छ । सरकारले यस वर्ष सामुदायिक वन पत्रकारिता पुरस्कार पत्रकारद्वय अब्दुल मियाँ र कोकिला भण्डारीलाई प्रदान गरेको छ ।
कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री बस्नेतले पुरस्कृत व्यक्तिहरुले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा अझै महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । सरकारले हरेक वर्ष वन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएकाहरुलाई सम्मान प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया