५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मुलुक गणतन्त्रमा प्रवेश गरेपछि आदिवासी जनजातीका अधिकार बढी संरक्षण : सांसद पन्थी



सिर्जना थारु, कपिलवस्तु ।
प्रदेश ५ का सासंद विष्णु पन्थीले आदिवासी जनजातिहरुले आफ्नो विकास आफै बाट गर्नु पन बताउनु भएको छ । विश्व आदिवासी दिवसको अवसरमा हिजो बाणगंगा नगरपालिका ८ बोडगाँउमा आयोजित नेपाल आदिबासी महासंघ जिल्ला समन्वय परिषद कपिलवस्तुले गरेको २४ औं बिश्व आदिबासी दिबस कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सांसद पन्थीले मुलुक गणतन्त्रमा प्रवेश गरेपछि आदिबासी जनजातिहरुको अधिकार संरक्षित भएको भन्दै आफ्नो विकासको लागि आदिवासी जनजातीहरु थप अग्रसर भएर लाग्नु पर्ने बताउनु भयो ।
पछिल्लो समय राजनितिक र शिक्षा क्षेत्रमा पनि आदिवासी जनजातीहरु अगाडि रहेको बताउँदै पन्थीले भेषभुषा र कला र संस्कृतिलाई संरक्षण गर्न सके मात्र पहिचान कायम रहने बताउनु भयो ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष जन्जीर प्रसाद थारु चौधरी, नेपाल मगर संघ शिवराज नगरपालिकाका अध्यक्ष दिपक बुढाथोकी मगर, मगर महिला संघका अध्यक्ष विष्णु राना र नेवार देय दैव नेवार समाजका अध्यक्ष निल कुमार श्रेष्ठ, समाजसेवी चर्तुभुज पाण्डे लगायतले बोल्दै अदिवासीहरुलाई थप शिक्षा र रोजगार जस्ता क्षेत्रमा अवसर दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।
नेपाल आदिबासी महासंघका जिल्ला समन्वय परिषद कपिलबस्तुको अध्यक्ष विमल सारु मगरको अध्यक्षता, नेपाल आदिबासी महासंघका जिल्ला समन्वय परिषद कपिलबस्तुका उपाध्यक्ष लेम बहादुर गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा बुद्धिजीवी सत्यनारायण त्रिपाठी, कर्णबहादुर लामा लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७५ शुक्रबार ००:००  १ : ०१ बजे