९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

श्रीमानको दर्दानाक पीडाले महिलाले गरिन नाबालक छोरा सहीत आगो लगाई आत्महत्या !



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा एक महिलाले श्रीमानको चरम यातनाको कारण नाबालक छोरा सहीत आत्महत्या गरेको रहस्य खुलेको छ । जिल्लाको यशोधरा गाउँपालिका– २ की सकुन्तला यादवले शरीरमा आफै आगो लगाई नाबालक छोरा सहीत आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । घटना साउन ६ गते भएपनि बिहीबार मात्र रहस्य खुलेको छ । श्रीमानको यातना सहन नसके पछि बाध्य भई तीस बर्षिया यादवले शरीरमा आफ्ना दुई सन्तान सहीत आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । यद्यपि नाबालक छोरा छोरीलाई बाधेर शरीरमा मट्टीतेल खनाए पनि दुई बर्षिया छोरी आर्या यादव बच्न सफल भएको प्रहरीले जनाएको छ ।
घटनामा सकुन्तला र उनका ५ बर्षिय छोरा आर्यनको मृत्यु भएको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए । घटनामा छोरी आर्या सामान्य घाईते भएको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरी नायब उपरिक्षक रावलले बताए । गुपचुप रहेको यो घटना भारतको उत्तर प्रदेश सिद्धार्थनगर जिल्लाको मिश्रौलिया ग्रामका सुकुन्तलाका बुवा राजकिशोर यादवले बुधवार प्रहरीमा आफ्नै ज्वाई राम किशुन यादव बिरुद्ध किटानी जाहेरी दिए पछि बाहिर आएको हो । घटना गत साउन ६ गते राति ११ बजेतिर भएको प्रहरीले जनाएको छ । ३५ बर्षिय राज किशोरले आफ्नी छोरी, नातिलाई आगो लगाएर मारेको भन्दै ज्वाई बिरुद्ध किटानी दिएका छन । सकुन्तलाको कम्मर देखि माथीको भाग पुरै जलेको र आर्यनको कम्मर तलको भाग जलेको छ । गम्भीर घाईते भएका दुबैलाई उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । सकुन्तलाको उपचारको क्रममा साउन ८ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालक आर्यनको भने साउन २२ गते उपचारको क्रममा पाल्पा स्थित अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले आरोपीत राम किशुनलाई पाल्पाबाट पक्राउ गरी ल्याएको छ । सकुन्तलाका बुवा राज किशोरले ज्वाई, सहीत सम्धी सम्धिनी मिलेर छोरालाई बर्षौ देखि यातना दिदै आएको बताएका छन ।
सकुन्तलाको ७ बर्ष अघि बिवाह भएको थियो । ‘बिवाह भएको केही महिना पछि नै छोरीलाई ज्वाइले दिनँहु कुटपटि गर्ने गर्थे’ छोरीको मृत्युले निकै दुःखी भएका उनले भने ‘ आखिर ज्वाई र उसका परिवार मिलेर छोरी र नातिलाई जलाएर मारी छाडे’ ।
यता राम किशुनले सकुन्तलालाई तेस्रो श्रीमतीको रुपमा विवाह गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सकुन्तला संग बिवाह गर्नु अघि नौ बर्ष पहिले कपिलवस्तु नगरपालिका– ३ महिताकी एक महिला संग राम किशुनले बिवाह गरेका थिए । केही महिना मै उनले पनि बिष सेवन गरी आत्महत्या गरेकी थिईन । त्यो घटना पनि आत्महत्या नभई हत्या नै रहेको गणेशपुरका गाउँलेहरु बताउँछन । यद्यपि सो घटनालाई आत्महत्या कायम गरी फाईल बन्द गरिएको थियो । त्यसका केही महिना मै फेरी राम किशुनले कपिलवस्तु नगरपालिका– ४ पिपरीकी एक महिला संग पुनः दोस्रो बिवाह गरेका थिए । उनलाई पनि कुटपटि र यातना दिन थाले पछि दुई महिना मै घर छाडेर माईत गएकी थिईन । त्यस पछि उनी कहिले त्यहाँ फर्केर गईनन ।
प्रहरी उपरिक्षक मनोज कुमार यादवले घटना आत्महत्या वा हत्या त्यो अनुन्धानको बिषय रहेको बताए । उनले ओरोपी राम किशुनको घटनामा संलग्नता रहेको बताए । कर्तव्य ज्यान सम्बन्धि मुद्दामा राम किशनुलाई अदालतबाट म्याद थपेर अनुसन्धान प्रकृया अघि बढाईएको छ । घटनाको सुक्ष्म अनुसन्धान भईरहेको उनले बताए । घटना लगत्तै राम किशुनका परिवार नै फरार छन । उनहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७५ शुक्रबार ००:००  १२ : ५० बजे