रुपन्देही ।
दाइजो नल्याएको भन्दै रुपन्देहीमा प्रहरीले नै श्रीमतीलाई कुटपिट गरेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार तनहुँमा दरबन्दी भएका रुपन्देही कोटहिमाइ गाउँपालिका–१ सिपवाका लोकेन्द्र नाउले दाइजो नल्याएको निहुँमा २१ वर्षीय श्रीमती प्रियङका नाउलाई निर्घात कुटपिट गरेका हुन् ।
प्रियङ्काका बुवाले छोरीको विवाह गर्दा एक लाख नगद, एउटा मोटरसाइकल दाइजो दिए पनि पर्याप्त दाइजो नल्याएको भन्दै प्रहरी जवान नाउले श्रीमतीलाई कुटपिट गरि घाइते बनाएका हुन् ।
इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी सहायक निरीक्षक सन्तोष बुढाथोकीका अनुसार श्रीमती कुटपिट र यातनाको उजुरी कार्यालयमा आएको छ । यसबारे थप अनुसन्धान गर्ने र दोषीलाई कारवाही गर्ने उहाँले जानकारी दिनुभयो ।
२५ श्रावण २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया