मायादेवी अनलाइन, तौलिहवा ।
बुद्धको क्रिडास्थल तिलौराकोट विश्वका बौद्धमार्गीहरुको पवित्र भूमि हो । यति मात्र होइन तिलौराकोटलाई बिश्व सम्पदा सुचीमा सुचीकृत गर्न प्रक्रिया थालिएको छ । तर, तिलौराकोटको विकासको गति कहाँ छ भन्ने कुरा यहाँ आउने जो कोहीले पनि सहजै बुझ्न सक्छ । तौलिहवाबाट झण्डै तीन किलोमिटरको दुरीमा अवस्थित तिलौराकोट वरिपरिको बाटो जीर्ण देखेर ।
केही महिना यता तिलौराकोट प्रस्थान गर्ने बाटो जीर्ण बन्दै गए पनि बनाउने तर्फ कसैको ध्यान पुग्न सकेको छैन । तिलौराकोट दरबार प्रदेश गर्ने गेट देखि कपिलवस्तु संग्रहालय सम्मको बाटो फुटेर कच्ची बनेको छ । यस्तै त्यही गेटबाट दक्षिण हुँदै धमनिया र कन्थक स्तुप सम्म पुग्ने पक्कीबाटो कच्चीमा परिणत भएको छ ।
तिलौराकोट देखि संग्रहालय सम्मको लम्बाई ढाई सय मिटर छ । त्यस मध्ये आधा पक्की र आधा पिसिसि बनाइएको छ । पिसिसि फुटेर कच्ची बनेको हो । पिसिसि बाटो पर्यटन बोर्डको सहयोगमा निर्माण गरिएको थियो । सडक निम्न गुणस्तरको बनाईएको र त्यसमा पनि हिउँदभरी नदीजन्य पदार्थ ढुवानीका लागि ट्याक्टर, टिप्पर हिडेको कारण बाटो बिग्रीएको तिलौराकोट संगै सटेको शिवगढबासी बताउँछन ।
तौलिहवा गोरुसिंगे सडकखण्ड अन्तर्रगत तिलौराकोट प्रबेश गर्ने दुर्ई मार्ग छन । एउटा रिसोईन शान्ति बिहार र अर्को कपिलवस्तु संग्राहालय । जुन दुवै बाटा जीर्ण छन । आन्तरिक बाह्य पर्यटक गरी दिनहँु सयौ तिलौराकोटको अवलोकन गर्न आउँछन तर बाटोको अवस्था देखेर निराश बनेर फर्कने गरेका छन । बिहान देखि साँझै सम्म ट्याक्टरहरु ओहोरदोहोर गर्ने गरकोले पर्यटकलाई त्यस क्षेत्रको अवलोकन भ्रमण गर्न गाह्रो परेको पर्यटकहरुको गुनासो छ । सवारी साधनको आवागमन बढ्दा प्रदुषण फैलदै गएको छ ।
धुलो र सवारीसाधनको चापले गर्दा जोडी स्तुपमा जाने पर्यटकलाई समेत सास्ती हुने गरेको छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो संगै सवारीसाधनको चापले गर्दा आफुहरुलाई निकै सास्ती भएको नेपालगञ्जबाट यहाँ अवलोकनका लागि आएका प्रविण बमले गुनासो गरे । बुद्धस्थल भनेर आफुहरु नेपालका बिभिन्न बुद्धस्थलमा आउने क्रममा तिलौराकोट र जोडीस्तुप पुग्ने बाटोको अवस्था देखेर निकै दुखि भएको उनको गुनासो थियो । बिगत ५ बर्ष देखि पुरातत्व बिभाग र बेलायतको दुर्हम बिश्व बिद्यालयको टोलीले तिलौराकोटमा उत्खनन गरेको छ । सो संगै तिलौराकोटमा पर्यटकको संख्या निरन्तर बृद्धि भएको छ ।
सन २०१७ मा बाह्य र आन्तरिक गरी करिब ४५ हजार पर्यटकले तिलौराकोटको अवलोकन गरेका थिए । तर पर्यटकहरु तिलौराकोट र धमनिया स्तुपको बाटो देखेर दुःखी हुँदै फर्कने गरेका छन । जीर्ण बाटो र धुलोले गर्दा कैयौं पर्यटकहरु धमनिया स्तुप नहेरी फर्कने गरेको तिलौराकोटमा रहेको लुम्बिनी विकास कोषका कर्मचारीहरु बताउँछन ।
हरेक बर्ष लुम्बिनी विकोस कोषले बुद्धजयन्ती मनाउन लाखौं रुपैया खर्च गरे पनि जीर्ण बाटो निर्माणमा भने चासो नदिएको नेकपाका नेता बाबुराम खनालले बताए । ‘जीर्ण बनेको तिलौराकोट वरिपरि रहेको बाटो निर्माणमा कोष र स्थानीय निकाय दुबैले चासो दिएका छैनन’ खनालले भने ‘यसले बिदेशबाट आउने पर्यटक माझ नराम्रो संदेश गएको छ’ । लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले जीर्ण बाटोको मर्मत र पुनः निर्माणमा आफुले आवाज उठाउने दाबी गरे ।
२४ श्रावण २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया