३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

आज २४ औ विश्व आदिवासी दिवस, प्रदेश १ ले दियो सार्वजनिक विदा



मायादेवी अनलाइन, काठमाण्डौं ।
आज अगस्ट ९ तारिख, २४ औ विश्व आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि हेरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउन थालिएको हो ।

आदिवासी जनजातिको अधिकार स्थापित गराउन देशभर आन्दोलन गरिरहेका आदिवासी जनजातिले यो दिवस आन्दोलनकै रुपमा मनाइरहेका छन् । दिवसको अवसरमा आज देश राजधानीसंगै देशका बिभन्न स्थानमा बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

उता प्रदेश नम्बर १ मा दिवसको अवसरमा सार्वजनिक विदा दिइएको छ । त्यहाँको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश १ का १४ वटा जिल्लामा सूचना निकालेर विदा दिने जनाएको हो ।

प्रकाशित मिति : २४ श्रावण २०७५ बिहिबार ००:००  १ : ४० बजे