शिवलाल सुवेदी, गुल्मी ।
घरको अन्य काम गर्न लागेका नगरवासीहरु सवै काम छोडेर हातमा फोहरको पोका वोकेर वाहिर निस्कन्छन । सिठीको स्वरले खाना वनाइरहेका हुन या वालवच्चाहरुलाई खाना खुवाईरहेका हुन । जुनसुकै अवस्थालाई पनि छाडेर उनीहरु फोहर लिएर वाहिर आउनै पर्छ । नत्र उनीहरुलाई फोहर ब्यवस्थापन गर्न गाह्रो हुन्छ । फोहर उठाउनका लागि रेसुङ्गा नगरपालिकाले गाडी आएको सुचना दिन सिठी फुकेर दिने गरेको छ । फोहरको गाडीले सिठी फुकेर फोहर लिनका लागि नजिकै आएको संकेत गर्छन । अनि हतारहतारमा महिला, वुढावुढी जो सुकै भएपनि फोहर लिएर वाहिर निस्कने चलन छ रेसुङ्गा नगरपालिका तम्घास बजारमा । घरमा जति नै ब्यस्त भएपनि सकंलित फोहोरको वोरा टोकरी लिएर नगरवासीहरु फोहरको गाडी तिर पुग्छन ।
सिरर् सिठीको आवाज आउदा साथ फोहर लिएर वाहिर निस्कने काम दैनिकी जस्तै भएको रेसुङ्गा नगरपालिका ८ तम्घासकी सुमित्रा पुनले बताईन । विहानको समयमा खानेपानी थाप्ने र दिउसो सिठीको आवाज आउने वित्तिकै फोहरको पोका लिएर वाहिर निस्कने नगरवासीको अहिले दैनिकी जस्तै भएको छ पुन भन्छिन‘ फोहोर उठाउने गाडी आउदाँ फोहर फाल्न पाइएन भने कहाँ लैजानु समस्या हुन्छ ।’ रेसुङ्गा नगरपालिकाले पछिल्लो समय जथाभावी फोहर फाल्नका लागि मनाही गरेकाले पनि फोहर उठाउने गाडीले सिठी फुक्नासाथ दौडिन पर्ने उनको भनाई छ । सदरमुकाम तम्घासमा डेरा गरि बस्ने पुस्पा थापाले पनि सिठीको आवाज सुन्दा वित्तिकै घरको सवै काम छोडेर फोहरको वोरा वोकेर दौडिने वानी परेको बताईन । नगरको गाडी आउदाँ फोहोर नफाले कहाँ लगेर फोहोर फाल्ने उनले भनिन‘ खाना वनाउदै गरेको भएपनि वच्चा रोएको भएपनि सवै छाडेर फोहर फाल्नै प¥यो ।’ उनले सवै काम छाडेर नगरपालिकाको फोहोर गाडी आउदाँ फोहर फाल्ने काम विर्सनै नहुने काम भएको बताईन । नगरवासीहरुले आफ्नो घरको फोहर वाल्टी, वोरा तथा कार्टुनहरुमा जम्मा गर्छन । आफुहरुले जम्मा गरेको फोहर नगरको गाडी आउँमा दिने गर्दछन ।
रेसुङ्गा नगरपालिकाको स्थापना नहुदै गुल्मी उद्योग वाणिञ्य सघंले शूरुवात गरेको फोहोरमैला ब्यवस्थापन अहिले धेरै नमुना नै भएको छ । आफ्नो टोल क्षेत्र तथा शहर सफा राख्ने अभियानलाई सबैले आत्मसाथ गरेको गुल्मी उद्योग वाणिञ्य सघंका निर्वतमान महासचिव कृष्ण पोखरेलले बताए । शुरुशुरुमा वाणिज्य सघंले फोहर मैला ब्यवस्थापनको अभियान शुरु गर्दा निकै कठिन भयो उनले भने‘ नियम बसाउन निकै गाह्रो भएपनि अहिले त सवैलाई वानी परिसक्यो, नगरपनि धेरै सफा र नमुना भएको छ ।’ उनी नगर विकास तथा वातावरण सरसफाई सस्था रेसुङ्गा नगरपालिकाको पनि महासचिव हुन । नगरपालिकाले इक्युपमेन्ट, कुचीकार तथा कर्मचारीहरुलाई तलव र अन्य मसलन्दको सहयोग गरेर निजी क्षेत्रलाई सरसफाईको जिम्मेवारी दिदाँ धेरै प्रभावकारी भएको नागरिक समाजका अध्यक्ष पदम पाण्डेले बताए ।
निजी क्षेत्रलाई सरसफाईको जिम्मा दिदाँ धेरै राम्रो काम भएको छ पाण्डे भन्छन‘अहिले घर–घरमा महिला, पुरुष, वुढावुढी, केटाकेटी जो भएपनि जथाभावी फोहर फान्नु हुदैन भन्ने चेतनाको विकास भएको छ ।’ यता रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले पनि फोहर मैला ब्यवस्थापन गर्नका लागि नगरवासीहरुको ठुलो साथ पाएको बताए । नगर विकास तथा वातावरण सरसफाई सस्थाले सवै फोहर मैलाको ब्यवस्थापन गदै आएको छ रेसुङ्गा नगरका मेयर भुसाल भन्छन‘नगरपालिकाले इक्युपमेन्ट, कुचीकार तथा कर्मचारीहरुलाई तलव र अन्य मसलन्दको सहयोग गदै आएको छ ।’ नगर सफा र स्वच्छ राख्न नगरपालिकाले फोहर फाल्ने वाल्टीहरु वितरण, कुचो वितरण तथा अन्य सरसफाई गर्ने सामाग्रीहरु वितरण छाडा पशु चौपायहरुको ब्यवस्थापन, पार्किङ्ग ब्यवस्थापन जस्ता कामहरु समेत अगाडि बढेको मेयर भुसालले बताए ।
२४ श्रावण २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया