५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सरकारको काम प्रभावकारी बनाउन तीन समिति निर्माण



बुटवल ।
५ नम्बर प्रदेश सरकारले सरकार सञ्चालनका लागि तीन वटा समिति गठन गरेको छ । प्रदेश सरकारको काम प्रभावकारी रुपमा अघि बढाउने भन्दै समिति गठन गरिएको हो ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक समिति, प्रसासन तथा विधेयक समिति र आर्थिक सामाजिक तथा भौतिक पुर्वाधार समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद, प्रदेश सरकार नियमावली २०७४ को नियम २६ बमोजिम सुझाब सल्लाह दिनको लागि मन्त्रीपरिषद समिति गठन भएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।
राजनीतिक समिति मुख्यमन्त्रीको संयोजकत्वमा बन्ने छ । त्यसमा सबै मन्त्री सदस्यको रुपमा रहने छ । प्रदेश सरकारका प्रमुख सचिव सदस्य सचिवको रुपमा रहने छन् ।
प्रशासन तथा विधेयक समितिको संयोजकत्वमा आन्तरिक ममिला मन्त्री संयोजक रहने छन । सदस्यमा मुख्यमन्त्री बाहेक सबै मन्त्री रहने छन् । त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रीको संयोजकत्वमा आर्थिक सामाजिक तथा भौतिक पूर्वाधार समिति बन्ने भएको छ । मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्री बाहेक बाँकी मन्त्री यसका सदस्य रहने छन् । यी दुबैमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य सचिवको रुपमा रहेने छन्
यसैबीच संसदको बर्षे अधिवेसन भोली बिहिबार अन्त्य हुने भएको छ । मन्त्रीपरिषदको बैठकले चालु अधिवेसन अन्त्य गर्न प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको हो । अर्काे अधिवेशन सम्भवत ः छठ पछिमात्रै बोलाइने सम्भावना रहेको छ । सरकारले बिजनेस दिन नसकेपछि छिट्टै नै अधिवेशन अन्त्य हुने भएको हो ।
प्रदेश सभामा दर्ता भएकामध्ये प्रदेश लोकसेवा आयोगकको बिधेयकमात्रै बिचाराधिन अवस्थामा छ । मन्त्रीपरिषदको बैठकले दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्न केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
प्रदेश सरकारका मन्त्रालय तथा प्रदेश सभा भवन राखिएका बिभिन्न व्यापारिक संघसंस्थालाई भवनलाई अनुदान दिने निर्णय गरेको छ । यसका लागि ५४ लाख बाडिएको हो ।

प्रकाशित मिति : २४ श्रावण २०७५ बिहिबार ००:००  १ : ०७ बजे