मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा सुविधा सम्पन्न सामुदायिक वा सरकारी अस्पत्ताल संचालनमा नहुँदा विपन्न र मध्यम स्तरका जनताले सहजै स्वास्थ्य सेवा नपाउने प्रदेश सांसद विष्णु पन्थीले वताउनु भएकोछ । उहाँले प्याब्सन बाणगंगाले शिक्षक एवम पत्रकार ओम प्रकाश पौडेलको सपरिवार दुर्घटनामा परे पछिको उपचारका लागि राहत पुरयाउन आयोजना गरेको कार्यक्रममा त्यस्तो वताउनु भएको हो ।
सांसद पन्थीले यस क्षेत्रमा अवको चारवर्षमा स्वाथ्य सेवामा अतुलनीय परिवर्तन ल्याउन यसक्षेत्रका अगुवाहरु नै खट्नु पर्ने र प्रदेश तथा स्थानीय सरकारले सघाउने वताउनु भयो । सो अवसरमा उहाले प्याब्सनले उपलब्ध गराएको १ लाख ८१ हजारको चेक समेत घाइते पत्रकार एवम भूपू सैनिक स्कुलका शिक्षक ओम प्रकाश पौडेललाई हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण गर्दै प्याब्वसन वाणगंगाका अध्यक्ष रोमाकान्त घिमिरेले विभिन्न विद्यायलका शिक्षक तथा प्रिन्सीपलले उठाएर उक्त रकम प्रदान गर्दा पीडामा राहत गर्न पाएको भन्दै खुशी ब्यक्त गर्नुभयो ।
प्याब्सन बाणगंगाले राखेको राहत वितरण समारोहमा सिद्धार्थ क्याम्पस बाणगंगाका प्रमुख वालाराम ज्ञवालीले क्याम्पसका तर्फवाट २३ हजार, बाणगंगा वडानं ११ का अध्यक्ष सोमनाथ अर्यालले ब्यक्तिगत रुपमा १० हजार, सामुदायिक अस्पत्तालका अध्यक्ष रामजी सनेले ५ हजार, रोटरीका मिड टाउन अध्यक्ष वासुदेव घिमिरेले ५ हजार, युवा उद्यमी कमल जिसिले ५ हजार ब्यक्तिगत सहयोग समेत हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा प्याब्सनका केन्द्रिय सदस्य सर्बेन्द्रदेव खनालले प्याब्सनले पेशामा आवद्ध शिक्षक कर्मचारीलाई विपद पर्दा सक्दो सहयोग पुराउदै आएको वताउनुभयो । पत्रकार एवम शिक्षक पौडेल परिवारको लागि सबैले सहयोगका हात वढाउनु पर्नेमा जोड दिनुभयो ।
प्याब्सनका सचिव राजु अधिकारीको संचालनमा भएको उपचारका लागि राहत प्रदान कार्यक्रममा बोल्दै वडा नं ११ का अध्यक्ष सोमनाथ अर्याल, शिद्धार्थ क्याम्पस बाणगंगाका प्रमुख बालाराम ज्ञवाली, पत्रकार महासंघका पूर्व अध्यक्ष एवम बुद्ध अवाज संचार गृहका ब्यवस्थापक भेषराज पाण्डे, जेसिसका अध्यक्ष सुन्दर पाण्डे, मिड टाउन रोटरीका अध्यक्ष वासुदेव घिमिरे, रेडियो हर्टविटका अध्यक्ष कृष्ण भटराई, साुमदायिक अस्पतालका अध्यक्ष रामजी सेन लगायतले पत्रकार पौडेल परिवारको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
२३ श्रावण २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया