सूर्य चुँदाली, कपिलवस्तु ।
कपिलवस्तुको हथौसामा अवस्थित हेमराज माध्यमिक विद्यालय सामुदायिक विद्यालय व्यवस्थापन संकाय तर्फ जिल्ला प्रथम भएको छ । सामुदायिक विद्यालयमा व्यवस्थापन संकाय तर्फ ए ग्रेडमा उत्र्रिण भई हेमराज प्रथम भएको विद्यालयको दाबी छ । विद्यालयका छात्र बिजय थारु र छात्रा श्यामकला राना ए ग्रेडको साथ कक्षा १२ मा उत्र्रिण भएका छन ।
उत्र्रिण छात्रछात्रालाई बुधबार एक कार्यक्रमका बीच विद्यालयले सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७४ मा सञ्चालन गरेको परीक्षामा कक्षा १२ मा जिल्ला प्रथम तथा उत्र्रिण सम्पूर्ण विद्यार्थीहरुलाई टिका तथा दोसल्ला ओढाई पुरस्कार वितरणका साथ सम्मान गर्नुभएको थियो ।
उहाँले कार्यक्रममा बोल्दै शिक्षा क्षेत्रमा ब्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । नगर प्रमुख थारुले शिक्षा क्षेत्रमा ब्यापक परिवर्तन गरी बाणगंगा नगरपालिकालाई देशकै नमुना नगर बनाउन यसबर्ष करिब १ करोड १० लाख रुपैया बजेट बिनियोजन गरेको पनि जानकारी दिनुभयो । उहाँले कपिलवस्तुका सामुदायिक बिद्यालयले बिगतका केही बर्ष देखी राम्रो नतिजा निकालेर जिल्लाको सान बढाएको प्रति खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमका वडा नम्बर ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले कार्यक्रममा बोल्दै हेमराज माध्यमिक बिद्यालयले प्राप्त गरेको नतिजा जिल्लाका लागि अति प्रशंसा योग्य रहेको बताउनुभयो । जनजाति तथा विपन्न समुदायका वालवालिकाले बुधबार जसरी कक्षा १२ को परीक्षामा जिल्ला मै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भए त्यसै गरी लोकसेवा आयोगको परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याइ सिंगो विद्यालयको सान बढाउन अनुरोधका साथ शुभकामना दिनुभयो ।
उहाँले हेमराज मा.बि.को नामलाई सधै उच्च पार्न वडाबाट आपूmले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । विद्यालयका प्रधानाध्यापक तुलसीराम यादवले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यो सफलता प्राप्त गर्नको लागि अहोरात्र खटनुहुने कर्तव्यनिष्ठ शिक्षकहरु, मिहिनेती र लगनशील विद्यार्थीहरु र सम्पूर्ण अभिभावकहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा कक्षा १२ को नतिजामा ब्यवस्थापन संकाय तर्फ जिल्ला प्रथम हुने विजय थारु र श्याकला राना सगै कक्षा १२ मा उत्तीर्ण हुने सबै बिद्यार्थी तथा अध्यापनरत शिक्षक शिक्षिकालाई सम्मान गरिएको थियो । सहायक प्रधानाध्यापक झबिन्द्र प्रसाद खनालको स्वागत मन्तब्यमा भएको कार्यक्रमको सञ्चालन सूर्य चँुदालीले गर्नुभएको थियो ।
२३ श्रावण २०७५ बुधबार ००:००
4
Shares
प्रतिक्रिया