९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

हरनामपुरलाई पुर्ण सरसफाइ युक्त बनाउने प्रतिबद्धता



मायादेवी अनलाइन, कपिलवस्तु ।
मायादेवी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष जनार्दन प्रसाद चौधरीले हरनामपुर खुला दिसा मुक्त क्षेत्र घोषणा भैसकेकाले नेपाल सरकारको लक्ष्य अनुरुप सबै जनाको साथ र सहयोगले आगामी २ बर्ष भित्र सो वार्डलाई पुर्ण सरसफाई युक्त नमुना वार्ड बनाउन पहल गर्ने प्रतिद्धता व्यक्त गर्नुभएको छ ।
मायादेवी गाउँपालिका र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम दोस्रो चरणको सहयोग तथा वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति मायादेवी गाउँपालिका ७ हरनामपुरको आयोजनामा साविक हरनामपुरका सबै वार्डहरुमा पुर्ण सरसफाई सम्बन्धि तालिममा बोल्दै यस्तो बताउनुभएको हो ।
सो तालिममा सरसफाईको अवस्था, वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको भुमिका, दिगो विकास लक्ष्य, पुर्ण सरसफाईका सुचक, फोहोर व्यवस्थापन, पानी शुद्धिकरण र आगामी कार्ययोजनाका सम्बन्धमा मायादेवी गाउँपालिकाका वास संयोजक थानेश्वर अधिकारी, वडा अध्यक्ष जनार्दन प्रसाद चौधरी, वास सहजकर्ता श्याम बिश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम वडा अध्यक्ष जनार्दन प्रसाद चौधरीको अध्यक्षता, मायादेवी गाउँपालिकाका सल्लाहकार घनश्याम गौडको आतिथ्यतामा र वास संयोजक थानेश्वर अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७५ बुधबार ००:००  १ : ४२ बजे