बिकास थापा, कपिलवस्तु ।
कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ८ ले बालापुरका रामनारायण थारुलाई गरिब घरपरिबार परिचय वितरण गर्दै गरिब घरपरिबार वितरण कार्यक्रमको शुभारम्भ गरेको छ ।
मंगलबार वडा नम्बर ८ का वडाध्यक्ष गुणानिधि भुसालले बालापुरका थारुलाई गरिब घरपरिबार परिचय पत्र वितरण गर्दै सोही कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । वितरण कार्यक्रम बुधबार सम्म चल्ने बताइएको छ ।
मंगलबार पहिलो दिन करिब २७ जना गरिब घरपरिबारलाई परिचय पत्र वितरण गरिएको वडा कार्यालयले जनाएको छ । बाणगंगा नगरपालिकाको आयोजना र वडा नम्बर ८ को संयोजनमा कार्यक्रम सुरु भएको हो ।
बुधबार अन्तिम दिन भएकाले वडा नम्बर ८ मा रहेका सम्पूर्ण गरिब घरपरिबारहरु वडामा आएर परिचयपत्र लिनको लागि अध्यक्ष भुसालले आग्रह गर्नुभएको छ ।
२३ श्रावण २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया