प्यूठान ।
प्युठानको मल्लरानी गाउँपालिका ४ पाण्डे डाँडाका नारायण बहादुर पाण्डेले वन पैदावारको व्यापार गर्न थालेको झन्डै १२ वर्ष भएको छ । यो व्यापारले परिवार मात्र होइन, गाउँका धेरैलाई फाइदा पुगेको छ । जंगलमा खेर गएका वन पैदावारको सदुपयोग भएर जिल्लामा लाखौं रुपैयाँ भित्रिएको छ ।
स्थानीयले जंगलबाट ल्याएको जडीबुटी उनले खरिद गरेर प्रशोधन गरी बिक्री गर्नुभएको छ । बिजुवारमा उहाले उद्योग नै सञ्चालन गर्नुभएको छ । टिमुर, दालचिनीका बोक्रा, पाट, सुनाखरी, श्रीखण्ड, सिस्नोको पाउडर, शिलाजितलगायत जडीबुटीजन्य वनपैदावार खरिद गरेर प्रशोधन गरी प्याकेट बनाएर बिक्री गर्ने पाण्डेले बताउनुभयो ।
२३ श्रावण २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया