गुल्मी ।
गुल्मीदरबार गाउँपालिकाले नमूना डिजिटल नागरिक वडापत्र राखेको छ । गाउँपालिकाबाट प्रदान गरिने सेवासुबिधालाई प्रभावकारी बनाउन डिजिटल नागरिक वडापत्र सुरु गरिएको गुल्मी दरबार गाउँपालिका गुल्मीका सूचना अधिकृत सुरेश खनालले बताउनुभएको छ ।
गाउँपालिकाको कुन शाखाबाट के के सेवाहरु प्रदान हुन्छन् र त्यस शाखाको सम्पर्क ब्याक्ति को हो भन्ने जस्ता सूचनाहरु डिजिटल नागरिक वडापत्रबाट जानकारी लिन सकिने खनालले बताउनुभयो । योजनाहरुका लागि आबश्यक पर्ने कागजाजहरु लगायत के कति समयमा सेवा लिन सकिन्छ भन्ने बारेमा डिजिटल नागरिक वडापत्रमा राखिएको छ ।
२३ श्रावण २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया