अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा एक वर्ष अघि घरमा मृत फेला परेकी एक वृद्धाको हत्या भएको खुलेको छ । २०७४ साल असोज ३ गतेका दिन छत्रदेव गाउँपालिका वडा नम्बर ७ की ६४वर्षीया वृद्धा श्यामकला पाण्डे घरभित्र रक्ताम्मे अवस्थामा मृत फेला परेकी थिइन् । हत्यामा अभियुक्त एक महिलालाई पक्राउ गरी म्याद थप समेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर घमले बताउनुभयो ।
उनलाई छिमेकी ५५ वर्षीया पाण्डेले दाउराले हानेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो । मल्लले भन्नुभयो, ‘घटना भएको केहस् समय अघि ती वृद्धाको घरबाट बग्ने कुलेसो तल अभियुक्त महिलाको घरबाट बग्ने र त्यस विषयमा झगडा भएको हत्याको पहिलो कारण देखिन्छ ।
मल्लले अदालतमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको बताउनुभयो । हत्याको दिन ती वृद्धा लडेको स्थानमा रगत जमेर पोखरी नै भएको थियो । उनले छोडाउँदै गरेका मकै समेत रगतमा डुबेका थिए । अघिल्लो दिन छोराहरु घरमा आएर बाबुको श्राद्ध गरेर त्यसै दिन बिहान बुटवल फर्केका थिए । उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।
२२ श्रावण २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया