भगवती न्यौपाने, कपिलवस्तु ।
प्रदेश नम्वर ५ का सासंद विष्णु पन्थिले समय अनुसार शिक्षामा परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । सिद्धार्थ क्याम्पस वाणगंगाले राखेको विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोद्धन गदै उहाँले यस्तो बताउनु भएको हो ।
जिल्लाका जनता मावि पिपरा र सिद्धार्थ क्याम्पस बुङ्चीले प्रदान गरेको शैक्षिक गुणस्तर र सफलताको उदाहरण दिँदै पन्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्न जिल्ला बाहिर जानै नपर्ने बताउनुभयो ।
पछिल्लो समय विद्यार्थीहरु उच्च शिक्षाको लागि बाहिर जाने क्रम बढ्दै गएकाले त्यसलाई रोक्न पनि सबै विद्यालय र क्याम्पसले गुणस्तरमा ध्यान दिन जरुरी भएको बताउनुभयो । शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन बीच कुशल सम्बन्ध हुन सके विदेश भन्दा नेपालमै राम्रो शिक्षा प्राप्त गर्न सकिने उहाँको भनाई छ ।
विद्याथीलाई घोकन्ते विद्या भन्दा व्यवहारिक शिक्षा आवश्यक रहेको हुँदा समय अनुसारको शिक्षा आवश्यक रहेको बतायनुभयो । अबका दिनमा सरकारी विद्यालयमा सुधार गर्न राज्यले ठुलो लगानी र सहयोग गर्नुपर्ने बताउनुभयो । शैक्षिक गुणस्तरको लागि राज्यले भौतिक पुर्वधार को कुरा उठाए पनि कार्यन्वयन गर्न नसकेकाले अब भने त्यो अवस्था नरहने पन्थीको दाबी छ ।
क्याम्पस प्रमुख बालाराम ज्ञवालीले आफूहरु निरन्तर अब्बल नतिजामै रहे पनि फेरि एकपटक त्यसको पुनरावृत्ती भएको भन्दै भर्खरै प्रकाशित कक्षा १२ को नतिजामा अग्रेजी बिषयमा ३.५९ जिपिए ल्याएर जिल्ला प्रथम जिल्ला सफल अरुणा अर्यालको प्रशंसा गर्नुभयो । यसअघि पनि क्याम्पसले स्नातक तहमा स्वर्णपदक प्राप्त गर्न सफल रहेको स्मरण गर्दै ज्ञवालीले कक्षा १२ को नतिजाले थप हौसला प्रदान गरेको बताउनु भयो ।
सिद्धार्थ क्याम्पसकी क्याम्पस सञ्चालक समितिका सदस्य विमला घिमिरेले क्याम्पसले पटक पटक राम्रो नतिजा ल्याएर आफूलाई जिल्लामा अब्बल क्याम्पसको रुपमा प्रमाणित गरेकोमा बधाई दिनुभयो ।
कक्षा १२ मा कपिलवस्तु प्रथम भएकी छात्रा अर्यालले आफ्नो सफलतामा क्याम्पसको ठुलो हात रहेको बताउनुभयो । क्याम्पसबाट १ सय ६५ विद्यार्थी परिक्षामा सहभागी भएकोमा जिल्ला प्रथम सहित ३२ जना विद्यार्थीले राम्रो नम्वर ल्याएर पास गरेका थिए ।
स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुशिल खत्रिको अध्यक्षता, दिनेश चौधरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहायक क्याम्पस प्रमुख खेमराज शर्मा, वडा नम्वर १ का कार्यबाहक सदस्य झलक मल्ल, क्याम्पस सञ्चाक समिति दुर्गा केसि, कमल आचार्य, सुमित्रा घिमिरे, पूर्णलक्ष्मी ज्ञवाली, पत्रकार महासघकां सचिव हरि अधिकारी, पत्रकार बाबुराम रायमाझी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रथम अरुणा अर्याल सहित द्धितीय र तृतीय स्थान हासिल गर्ने राजन बेल्बासे, सविना अर्याल लगायत उत्तीर्ण सम्पुर्ण विद्यार्थीलाई प्रमाण प्रत्रद्धारा सम्मान गरिएको थियो ।
२२ श्रावण २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया