माधव बेल्वासे, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकामा अलपत्र परेको सडक छिमेकी स्थानीय तह विजयनगर गाउँपालिकाले मर्मत गरेको छ । शिवराज नगरपालिका र विजय नगर गाउँपालिका जोडने हल्लानगरको बाटोमा महिनौ वित्दा समेत डाइभर्सन निर्माण हुन नसकत्दा हजारौं सर्वसाधारण जनताले आवत जावतमा निकै समस्या व्योहोदै आएका थिए । विजयनगर गाउँपालिकाको व्यापारीक केन्द्रको रुपमा रहेको शिवराज नगरपालिकाको चन्द्रौटा बजार संग जोड्ने सडक समयमा नै निर्माण कार्य ठेकेदारले सम्पन्न गर्न नसक्दा स्थानीयहरुले समस्या झेल्नु परेको थियो ।
डाइभर्सन समयमा नै निर्माण नहुदाँ स्थानियलाई परेको समस्या कयौं पटक गुनासो गर्दा समेत नगरपालिकाले कुनै सुनुवाई नगरेको हल्लानगरका स्थानिय सन्तोष खड्काले बताए । नगरपालिकाले ठेकेदारलाई निर्माणको जिम्मा दिएको तर ठेकेदारको चरम लापरवाहीको कारणले आवतजावत गर्ने हजारौं यात्रुले दैनिक समस्या झेल्नु परेको खड्काले बताए ।
गाउँपालिकाले सो सडकमा माटो पटान गरिदिए पछि स्थानीय जनता खुसी भएका छन । दैनिक रुपमा ज्याला गर्ने मजदुर, विद्यार्थी देखि व्यापारी सम्मका लागि यो बाटो अत्यन्तै महत्वपूर्ण भए पनि निर्माणकार्य समयमा नै सकाउने तर्फ सम्बन्धित निकाय अग्रसर नभएको स्थानीयको आरोप छ ।
बर्षा सुरु भए संगै आवत जावतमा निकै कष्ट भएको हुँदा आवत जावतमा समस्या झेल्नु परेको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले वताए । स्थानीयहरुको गुनासोे मध्यनजर गरेर डाइभर्सन निर्माणमा पुरा नभएको माटो पटानको काम गरि आवतजावत सुचारु गराएको थापाले वताए । गाउँपालिकाका जनताले समस्या भोग्नु परेको गुनासो आए पछि विगत दुई दिन देखि निर्माण कार्यमा खटेर बाटो सुचारु गराएको गाउँपालिकाबाट सो बाटो निर्माण कार्यको नेतृत्व गरिरहेका अर्जुन बेल्वासेले बताए ।
निर्माणधिन पुल शिवराज नगरपालिका भित्रै पर्ने भए पनि पुल निमार्ण ठेगदारको बेवास्ताका कारण आवतजावतमा समस्या भएको वताइएको । विजयनगर गाउँपालिकाबाट पुर्व पश्चिम राजमार्ग जोड्ने मुख्य सडक भएको हुँदा गाउँपालिकाका स्थानीयहरुलाई समस्या भएको थियो ।
२२ श्रावण २०७५ मंगलबार ००:००
2
Shares
प्रतिक्रिया