भुपाल थापा, कपिलबस्तु ।
बैकिंङ तथा बित्तिय क्षेत्रबाट प्रवाह हुने सेवासुविधालाई अपांगतामैत्री बनाउन आवश्यक रहेको सरोकारवालाहरुले जोड दिएका छन् । अपांग उत्थान समाज कपिलबस्तु नगर स्तरीय समिती र कृषि बिकास बैंक तौलिहवाको संयुक्त साझेदारीमा सोमबार तौलिहवामा राखेको अपांगता मैत्री बैकिंङ सेवा बिषयक अन्र्तक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो । कार्यक्रममा कपिलबस्तु नगरपालिकाका मेयर किरण सिंहले नगरपालिकाबाट प्रदान गरिने हरेक सेवामा अपांगता भएका ब्यक्तिहरुलाई बिशेष प्राथमिकता दिइएको बताउनुभयो ।
नगरपालिकालाई नै अपांगता मैत्री बनाउने आफ्नो अठोट र इच्छालाई ब्यबहारमा समेत उतार्ने उहाले बताउनुभयो । उहाले हरेक काम गर्दा मनैदेखि गरेमा त्यस्लै सार्थकता पाउनेमा समेत जोड दिनुभयो । कृषि बिकास बैंक तौलिहवाका शाखा प्रवन्धक बाबुराम खत्रीले बैंकबाट प्रदान हुने सेवासुविधामा अपांगता भएका ब्यक्तिहरुलाई उच्च प्राथमिकतामा आफुले राखेको जिकिर गर्नुभयो । कृषि बैंकले सामाजिक सेवाको क्षेत्रमा समेत काम गर्ने भएकाले पनि अपांगता भएका ब्यक्तिहरुलाई उचित सम्मानका साथ सुविधा प्रवाह गरेको दावी समेत गर्नुभयो ।
यस्तै निजी क्षेत्रका बिभिन्न बैंकहरु आफ्नो निजि भवन नहुंदा अपांगता मैत्री भौतिक संरचनाबाट सेवा प्रवाह गर्न नसकिएको स्वीकार गरेका छन् । समितीका अध्यक्ष रीना केवटको अध्यक्षतामा भएको कार्यक्तममा कामना सेवा बिकास बैंकका प्रवन्धक नविन बहादुर श्रेष्ठ, मेघा बैंकका प्रबन्धक राजेन्द्र प्रसाद शर्मा, मिसन डेभलपमेन्ट बैंकका प्रवन्धक यम प्रसाद उपाध्याय, एनआइसि एसिया बैंकका प्रवन्धक गणेश अधिकारी, उन्नती माइक्रोफाइनान्स बित्तिय संस्थाका निमित्त शाखा प्रबन्धक शम्भु हरिजन, आर्याबचतका शुभम श्रेष्ठ, इन्भेष्टमेन्ट एण्ड फाइनान्सका राजिव श्रीवास्तव लगायतको सहभागिता रहेको थियो । समिती उपाध्यक्ष शिवानन्द बर्माको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन ओरीराम चौरसियाले गर्नुभएको थियो ।
प्रतिक्रिया