९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शिक्षामा बढी लगानी गर्छु : वडा अध्यक्ष अधिकारी



अराज सिहं बेल्बासे, अर्घाखाँची ।
शितगंगा नगरपालिकाको मुख्य वडा मानिने वडा नम्बर ४ का वडा अध्यक्ष दामोदर अधिकारीले शिक्षा र स्वनस्थको क्षेत्रमा लगानी धेरै गर्ने बताएका छन । जनप्रतिनिधी भएको पहिलो बर्ष अनुभव र सिकाइ कम भएकोले केही समस्या रहे पनि ९५ प्रतिशत योजना आर्थिक बर्ष २०७४÷७५मा सम्पन्न भएको बताए । बिशेष गरि ४ नम्बर वडा पानीको मुख्य समस्या रहेकोमा अब त्यो समस्या लगभग अन्त्य भएको उनले बताए । २२ वटा खानेपानी योजना वडा नम्बर ४ मा सम्पन्न भएको र अब खानेपानीको समस्या नरहने वडा अध्यक्ष अधिकरीले बताए ।
खानेपानीको लागि सबै भन्दा समस्या रहेका कुंवर टोला रहेको र अर्को गाउँ थामकोटको बगाह खोला बाट पानी लगेर त्यो गाउमा पनि पानी पुराएकोले अब खानेपानीको समस्या अन्त्य भएको बताए ।
यस्तै पहिला सञ्चालनमा रहेको अमराइ हाटबजारले किसानका उत्पादनले बजार पाउने गरेको र टाडा टाडा बाट समेत किषान आउने गरेको हाट बजार सञ्चालनमा ल्याउने तयारी भएको छ त्यसको लागी स्थान छनोट गरि टहरा समेत निर्माण गरिएको छ ।
अबको योजनामा मुख्य योजना शिक्षा स्वास्थ्य र बिजुली रहेको उनले बताएका छन । बिद्यालयमा शिक्षक नियमित नजाने तथा कक्षा छाडेर हिड्ने समस्या रहेकोले इ हाजिरको ब्यवस्था गरिने र बिद्यालयको अनुगमन समेत गर्ने र सरकारी बिद्यालयका शिक्षक छोराछोरी सामुदायिक बिद्यालयमा नपढाएमा कार्वाही गर्ने, बिद्यालय तथा सम्पुर्ण वडाबासीमा खानेपानी पुराउने कृषिमा पकेट क्षेत्र लागुगरेर कृषक हरु लाइ पोत्सान हुनेकार्य गर्ने बयर जातका बोका बितरण गर्ने मुख्य योजना रहेको अधिकारीले बताए । निर्माण भएका सडक हरुको स्तरओन्नती गर्ने र प्रबिधिक शिक्षामा पनि बजेट छुट्टाउने गरि काम गर्ने योजना रहेको वडा अध्यक्ष अधिकारी बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७५ सोमबार ००:००  ६ : ०० बजे