८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कृष्णनगर भन्सारले इतिहास रच्यो, अहिले सम्मकै सबैभन्दा बढी राजश्व संकलन



मायादेवी अनलाइन, कृष्णनगर ।
लुम्बिनी अञ्चलको दोस्रो ठुलो भन्सार नाका कृष्णनगर भन्सार कार्यालयले ६ अर्व बढी राजस्व संकलन गर्न सफल भएको छ । भन्सार कार्यालयले तोकिएको लक्ष्यको १ सय ५३ प्रतिशत बढी राजस्व उठाउँन सफल भएको छ । जुन अहिले सम्मकै सबैभन्दा बढी राजश्व उठेको हो । कार्यालयका अनुसार आव ०७४÷०७५ मा कुल ६ अर्व ३१ करोड १८ लाख ८२ हजार राजस्व संकलन भएको छ । ४ अर्व १३ करोडको लक्ष्य तोकिएको थियो । २०७३÷७४ मा २ अर्ब ३७ करोड लक्ष्य तोकिएकोमा ३ अर्ब १ करोड राजश्व असुली भएको थियो । कार्यालयका भंसार अधिकृत नरेन्द्र चौधरीका अनुसार कार्यालयमा ६ अर्वको आकँडा पार भएको यो पहिलो पटक हो । सबै भदा बढी जेठमा ८५ करोड र असारमा ६१ करोड राजस्व संकलन भएको छ । भन्सार महसुल ३ अर्व ८८ करोड १३ लाख ६५ हजार, मूल्य अभिबृद्धि कर तर्फ २ अर्व २८ करोड २१ लाख ७३ हजार तथा अन्तशुल्क तर्फ ४८ करोड ३४ लाख उठेको छ ।
जिल्लाको भन्सारमा पहिलो पटक ६ अर्व बढी राजस्व संकलन भएकोमा खुशी ब्यक्त गर्दै भन्सार प्रमुख पुन्यबिक्रम खड्काले यथार्थपरक बर्गीकरण र मुल्यांकनले लक्ष्यको तुलनामा बढी राजस्व संकलन गर्न सफल भएको बतानुभयो । चोरी पैठारी हुने नाका, फर्म क्षेत्रको निगरानी तथा नियमित गस्ती बढाईएकाले त्यसको परिणमा देखिएको उहाले बताउनुभयो । भारतीय समकक्षीहरुसंग समेत समन्वय गरिएको उहाले जनाउनुभयो । मुल भन्सार कार्यालय सहीत कृष्णनगर भंसार सहित जिल्लामा थप ५ छोटी भंसार सञ्चालनमा रहेका छन ।
सरकारले छोटी भन्सार नाका सुठौलीलाई स्तरउन्नती गरे पछि भन्सार असुलीमा समेत बृद्धि भएको छ । सुठौली, चाकडचौडा, भिल्मी, हरिहरपुर र कृष्णनगरको पुरानो गेटको भंसार सञ्चालनमा छन । भंसार नाकाबाट सिमेन्टका कच्चा पदार्थ (क्लिङ्कर, खरानी, जिप्सम, आईरन डस्ट र बक्ससाईट) को आयातबाट सबै भन्दा बढी राजस्व उठेको छ । यस्तै पेट्रोलियम कोक, कोईला, चामलकनिका, गहँु, खसीबोका, फलफुल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपुर्जा आयातबाट राजस्व संकलन भएको छ ।
गत आवको अबधीमा बेरुजु शुन्य बनाइनुका साथै चालु आवका २ सय ७३ थान मुद्दा फर्छौट गरिएको भन्सार प्रमुख खड्काले बताउनुभयो । जसबाट भन्सारमा १ करोड ९६ लाख ८७ हजार ९६६ राजस्व उठको छ । एक बर्ष देखि देखि भन्सारलाई सुचना र प्रबिधिमैत्री बनाउन आशीकुडावर्ड प्रणाली लागु गरिएकाले त्यसले पनि भन्सार असुरीमा सकारात्मक असर देखिएको भन्सार कर्मचारी बताउँछन । नेपालको सिमानाबाट सबैभन्दा नजिकको ब्रोडगेज लाईन भएको भारतीय रेलवे स्टेसन भएकाले पनि यो नाकाबाट आउने दिनहरुमा बढी राजस्व संकलन हुने देखिएको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७५ सोमबार ००:००  ५ : ४८ बजे