९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भैरहवाको युसीएमएसमा तनाव, आइसियु तोडफोड, पत्रकार माथि दुव्र्यवहार



भैरहवा ।

पिलोको उपचार गर्ने क्रममा आफ्नै सहकर्मी साथीको मृत्यु भएपछि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा विद्यार्थीहरुले आन्दोलन गर्दा अस्पतालमा आइतबार विहानै देखि दिनभर तनाब भएको छ । कलेजमा विडिएस १३ औं ब्याचमा अध्ययनरत २४ वर्षिय महादेव शाह शनिबार सांझ अस्पस्तालको आकस्मिक कक्षमा भर्ना भएका थिए ।

जुनियर डाक्टरले जथाभावी औषधी चलाउँदा पिलोको उपचार गरिरहेका शाहको मृत्यु भएपछि विद्यार्थीहरु तोडफोडमा उत्रिएका छन् । तोडफोडबाट अस्पतालको आइसियु कक्षमा क्षति पुगेको छ । विद्यार्थीहरुले विहानैदेखि शाहको शब रहेकोस्थल घेराबन्दी गरेका थिए । विद्यार्थी आक्रोसित बनेर तोडफोडमा नै उत्रिएपछि प्रहरी परिचालन गरिएको थियो ।

विद्यार्थिहरुले मेडिकल माफिया मुर्दाबाद, मान्छे मार्न पाइँदैन, यस्तो अस्पताल चाहिँदैंन जस्ता नारा लगाएका छन् । प्रहरीले विद्यार्थीहरुलाई नियन्त्रणमा लिन लाठी चार्ज समेत गरेको छ । आन्दोलनरत विद्यार्थीले समाचार संकलनका लागी गएका पत्रकारहरुलाई पनि दुव्र्यव्यहार गरेका छन् ।

उनीहरुले बुद्ध टिभीका पत्रकार राधेश्याम विकको क्यामरा समेत फुटाइदिएका छन् भने लुम्निबी पोष्टका सम्पादक दिपक घिमिरेको क्यामेरामा क्षति हुने गरी आक्रणम गरेका छन । त्यस्तै अन्नपूर्ण पोष्टका संवाददाता सलमान खानमाथि पनि विद्यार्थीहरुले दुव्र्यव्यवहार गरेका छन ।

यता अस्पताल प्रशासनले मृतक शाह पहिलेदेखी विरामी रहेको, उनको उपचारमा कुनै कमि नराखेको जनाएको छ । उनको मृत्यु प्रति दुःख व्यक्त गर्दै विद्यार्थीहरुलाई संयमित हुन प्रशासनले आग्रह गरेको छ ।

आइसीयुमा तोडफोड हुँदा भित्र रहेका विरामीहरुको उपचारमा समेत समस्या सृजना भएको छ । जनकपुर पद मुक्काका शाह ३ महिना पछि दन्त चिकित्सक भएर निस्किदैं थिए । घरको आर्थिक अवस्था समेत कमजोर भएका शाहको मृत्यु भएपछि अस्पतालमा आएकी उनकी आमा अर्धचेत अवस्थामा छिन् । विहानै मृत्यु भएको विरामीको आइसियुबाट शब समेत उठाएका छैन् ।

प्रकाशित मिति : २१ श्रावण २०७५ सोमबार ००:००  १ : १४ बजे