९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कक्षा १२ को नतिजामा अरुणा अर्याल जिल्ला प्रथम



गीता अर्याल, कपिलवस्तु ।

सिद्धार्थ क्याम्पस बुङ्ची कक्षा १२ मा अध्ययनरत अरुणा अर्याल जिल्ला प्रथम भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डले २०७५ वैशाखमा संचालन गरेको कक्षा १२ को परीक्षामा कपिलवस्तुबाट अर्याल जिल्ला प्रथम भएकी हुन् । उनले जिल्लामै धेरै अंक ल्याएर जिल्ला प्रथम हुन सफल भएको सिद्धार्थ क्याम्पस बुङ्चीले जनाएको छ ।  उनले कक्षा १२ तर्फ शिक्षा संकाय अग्रेजी विषयबाट ३.५९ जिपिए ल्याएर जिल्ला प्रथम भएको क्याम्पस प्रशासनले जनाएको छ ।

कक्षा १२ को नतिजामा सिद्धार्थ क्याम्पसमा अध्ययरनत अर्यालले जिल्लामै सर्वोत्कृष्ट नजिता ल्याउन सफल भएपछि अभिभावक, विद्यार्थी र क्याम्पस परिवारले खुशीयाली मनाएका छन् । कपिलवस्तु जिल्लामा सर्वोत्कृष्ट जिपिए ल्याउन सफल मेधाबी छात्रा अर्याललाई विद्यार्थी तथा शिक्षकले घरमा पुगेर बधाई तथा शुभकामना समेत दिएका छन् ।

यसवर्ष कक्षा १२ मा सिद्धार्थ क्याम्पस वाणगंगाबाट १ सय ६५ विद्यार्थी परिक्षामा सहभागी भएका थिए । उनी कक्षा ११ को परिक्षामा सिद्धार्थ क्याम्पस वाणगंगाको टपर विद्यार्थी समेत हुन् । क्याम्पस श्रोतका अनुसार शिक्षा संकाय तर्फ नेपालमै उत्कृष्ट जिपिए भित्र पर्ने बताइएको छ ।

वाणगंगा ८ वोर्डगाउँ निवासी लेखनाथ अर्याल र पुष्पा अर्यालकी कान्छी छोरी अर्याल सानै देखि अध्ययनमा रुची राख्ने लगनशील विद्यार्थी हुन् । उनले कपिलवस्तु विद्या मन्दिरबाट एसएलसी उत्तीर्ण गरेकी थिइन् । विद्यालयका अतिरिक्त विभिन्न महत्वपूर्ण सभा समारोहमा सहभागी भई उत्कृष्ट स्थान हासिल गर्दै आएको समेत पारिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७५ सोमबार ००:००  १२ : ४० बजे