९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रोट्याक क्लव अफ कपिलवस्तु मिड टाउनको उदाहरणीय काम



भगवती न्यौपाने, कपिलवस्तु ।
रोट्याक क्लब अफ कपिलवस्तु मिट टाउनले इलाका प्रहरी कार्यलय पिपरालाई २ वटा बेरियर हस्तान्तरण गरेको छ । शुक्रबार जितपुर चारनम्वरमा एक कार्यक्रमको आयोजना गरि बढ्दो दुर्घटना न्युनिकरण गर्न बेरियर हस्तान्तरण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्वर ४ का अध्यक्ष गणेश बहादुर क्षेत्रीले सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढदै गएकाले सडकमा हिड्दा उच्च सतर्कता अपाउनुपर्नेमा जोड दिनुभएको छ ।
अध्यक्ष क्षेत्रीले जीर्ण सडक र अत्यधिक सवारी चापका कारण दुर्घटना बढिरहेको बताउदै तीब्र गति,ओभरलोड,यान्त्रिक गडबडीर छाडा चौपाया पनि दुर्घटनाको मुख्य कारणहरु रहेको बताउनुभयो । उहाँले दुर्घटना न्यूनीकरण गर्नको लागि रोट्याक, क्लवले गरेको काम प्रति प्रशंसा ब्यक्त गनर्भुयो ।
रोटरी क्लबका अध्यक्ष बासुदेव घिमिरेले सडक दुर्घटना बढेकाले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नेका लागि सरोकारवाला निकाय, यातायात व्यवसायी, नागरिक समाज सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यलय पिपराका प्रहरी प्रमुख चन्द्र बहादुर केसिले सवारी साधनले क्षमताभन्दा बढी यात्रु राख्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, सडकको अवस्था बारेमा अनभिज्ञ हुने र तीव्र गतिमा गाडी चलाउने लगायतका कारणले गर्दा दुर्घटना दिन प्रतिदिन बढी रहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
रोेटयाक क्लब अफ कपिलवस्तु मिट टाउनका उपाध्यक्ष चन्द्रकान्त पोख्रेल, सचिव विस्नु अर्याल, प्रेसिडेन्ट इलेक्टनी विरेन्द्र खाँड, रोटरीका टोपनारायण भण्डारी, लगायतले कार्यक्रममा बोल्नु भएको थियो । रोट्याक क्लव अफ कपिलवस्तु मिट टाउनका अध्यक्ष माधब पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गणेश काकीको स्वागत मन्तव्य र भिमलाल भट्राईको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७५ आइतबार ००:००  २ : ४१ बजे