८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सत्यवती लघुवित्तिय संस्थाको केन्द्रीय कार्यालय गोरुसिंगे, के भन्छन् मेयर श्रेष्ठ र अधिकारी ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा स्थापना भएका वित्तिय संस्था विपन्न र पछि परेका वर्ग समुदाय संग पुग्नुपर्र्ने कपिलवस्तुका नगरप्रमुखले बताएका छन् । सत्यवती लघुवित्तिय संस्था लिमिटेडको केन्द्रीय कार्यालय उद्घाटन समारोहमा बोल्दै बुद्धभूमि नगरप्रमुख केशव कुमार श्रेष्ठ र शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले सो कुरा बताउनु भएको हो ।
बुद्धभूमि नगरका मेयर श्रेष्ठले आफ्नो नगरमा सत्यवतीले केन्द्रीय कार्यालय स्थापना गरेर आफ्नो कारोबार गरेकोमा खुसी व्यक्त गर्दै सबैलाई त्यसबाट प्राप्त हुने लाभ उठाउन आग्रह गर्नुभयो । कपिलवस्तु विकास र वित्तिय गतिविधिका हिसावले पछि रहेको भन्दै मेयर श्रेष्ठले सत्यवति लघुवित्तले सर्वसाधारणलाई केन्द्रमा राखेर गतिविधि गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।
शिवराज नगरपालिकाका मेयर अधिकारीले शुभकामना मन्तव्य राख्दै सत्यवतिले कपिलवस्तुका जनतालाई सहज र सरल रुपमा विपन्न वर्गमा वित्तिय सेवा पुग्नेमा आफू आशावादी रहेको बताउनुभयो । मुलुकमा राजनैतिक क्रान्ती सम्पन्न भएको र आर्थिक क्रान्तिको युगको आरम्भ भएको भन्दै यसमा टेवा पुग्ने गरी संस्थाले गतिविधि सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
सञ्चालक माधव आचार्यको सञ्चालन, रमा ज्ञवालीको स्वागतमा सम्पन्न कार्यक्रममा कम्पनीका अध्यक्ष कमल प्रसाद ज्ञवालीले कम्पनीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । २०७३ सालमा कम्पनीले इजाजत लिएर गत वैशाखबाट कारोबार सुरु गरेको लघुवित्तको अधिकतम पुजी ४० करोड रहेको छ भने जारी र चुक्ता पुजी क्रमशः २२ करोड र एक करोड ५८ लाख रहेको छ ।
अध्यक्ष ज्ञवालीले प्रस्तुत गर्नुभएको प्रतिववेदनमा आगामी बर्षभित्र थप ७ स्थानमा सेवा विस्तार गरी १२ स्थानमा शाखा खोल्ने बढी मात्रामा कर्जा लगानीमा जोड दिने, यसबै बर्षभित्र रेमिटान्स र लघुबिमा योजना ल्याउने, समुह गठन गरी सदस्यलाई सरल रुपमा वित्तिय सेवा दिने लगायतका बिषय समेटिएका छन् ।
सत्यवती कपिलवस्तुमै पहिलो लघुवित्त वित्तिय संस्था हो । छिमेकी रुपन्देही र नवलपरासीभन्दा कपिलवस्तुमा वित्तिय गतिविध कम रहेको छ । राष्ट्र बैङ्क भैरहवाका अनुसार रुपन्देहीमा २९९, नवलपरासीमा १७३ र कपिलवस्तुमा ८६ वित्तिय संस्थाले कारोबार गरेका छन् भने निक्षेप संकलन र कर्जा कर्जामा पनि कलिवस्तु निकै पछि छ ।
बिभिन्न बैङक तथा वित्तिय संस्थाबाट रुपन्देहीमा बार्षिक ८४ अर्ब, नवलपरासीमा २० अर्व निक्षेप संकलन हुँदा कपिलवस्तुमा भने जम्मा १० अर्व निक्षेप संकलन छ । त्यस्तै कर्जातर्फ पनि कपिलवस्तु निकै पछि छ । रुपन्देहीमा ११७ अर्ब, नवलपरासीमा १० अर्ब हुदा र कपिलवस्तुमा जम्मा ८ अर्बको कर्जा कारोबार छ । लघुवित्तिय संस्थाको उद्घाटन शनिबार राष्ट्र बैंकका गर्भनर डा. चिरिन्जिवी नेपालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७५ आइतबार ००:००  २ : ०४ बजे