तुलसीपुर ।
राप्ती अञ्चल अस्पताल तुलसीपुरमा दरबन्दीअनुसार पदपूर्ति नहुँदा सेवा प्रवाहमा केही कठिनाइ भएको छ । अस्पतालमा विभिन्न सेवाहरु थपिँदै गए पनि दरबन्दी अनुसारको जनशक्तिको अभावका कारण सेवा प्रवाहमा समस्या भएको हो ।
त्यस्तै अस्पतालमा एक वर्षदेखि अस्पताल प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्टको पद रिक्त रहेको छ । आठजनाको दरबन्दीमा पाँचजना मात्र कार्यरत अस्पताल प्रमुख डा. भोलाराम श्रेष्ठको मन्त्रालयमा सरुवा भएपछि करिब डेढ वर्षदेखि निमिक्त प्रमुखको भरमा सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताल प्रशासनले दिएको जानकारीअनुसार अस्पतालमा २ जना करारसहित ८ जना मेडिकल अधिकृतको दरबन्दी भए पनि हाल ५ जना मात्र कार्यरत रहेका छन् भने ३ जनाको पद रिक्त रहेको अस्पताल प्रशासनले बताएको छ ।
त्यस्तैगरी अस्पतालमा १३ जना विशेषज्ञ चिकित्सकहरुको दरबन्दी रहेकोमा हाल छाला रोग, रेडियोलोजिस्ट, एनएन थेसोलोजिष्ट र नाक कान घाँटी रोग विशषेज्ञ डाक्टरको पद पनि रिक्त रहेको छ । अस्पतालमा बालरोग, महिला विशेषज्ञ, फिजिसीयन, मेडिकल जनर लजिस्टका चिकित्सकहरु भने कार्यरत रहेको अस्पतालका प्रशासन अधिकृत निम बहादुर वलीले बताउनुभयो ।
यस्तै हेल्थ असिस्टेन्टमा दुईजनाको दरबन्दी भए पनि एकजनाको पद रिक्त रहेको छ । अस्पतालमा ४ जना अनमीको दरबन्दीमा अहिले ३ जना मात्र, अहेबमा ४ जनाको दरबन्दी भए पनि अहिले ३ जना मात्र, स्टाफ नर्सहरुमा दरबन्दी अनुसारको पदपूर्ति नभएको प्रशासन अधिकृत वलीले बताउनुभयो ।
२० श्रावण २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया