९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

राज्यले विदेश नजाउँ नजाउँ भन्छ, हामी जानीजानी विदेश भासिन्छौ : गर्भनर नेपाल



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल राष्ट्र बैङकका गर्भनर डा चिरञ्जिवी नेपालले सवृद्ध नेपाल निर्माणको लागि विदेसिनुपर्ने बाध्यतालाई अन्त्य गर्नु पर्ने बताउनु भएको छ । नेपालमा प्रशस्त श्रोत र सम्भावना रहँदारहँदै पनि नेपालीहरु विदेसिनु राष्ट्रको लागि विडम्बना भएको भन्दै गर्भनर नेपालले त्यसलाई तत्काल रोक्नुपर्ने आवश्यकता औँल्याउनु भएको हो ।
कपिलवस्तुको बुद्द्धभूमी नगरपालिकास्थित गोरुसिंगेमा आज सत्यवती लघुवित्त वित्तिय संस्था लिमिटेडको केन्द्रिय कार्यालयको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गर्भनर नेपालले स्थानीयस्तरबाटै विदेश जानु पर्ने समस्याको हल भएमा मात्र मुलुकले समृद्ध नेपाल सुखी नेपालीको नाराले सार्थकता पाउने बताउनु भयो ।
मुलुकमा घरघरमा, आँगनआँगनमा पैसापैसा भए पनि त्यसको सही सोधखोज र सदुपयोग हुन नसक्दा २ छाकको लागि युवाहरु पलायन भइरहेको भन्दै स्थानीय स्तरमा खुलेका वैङ्क, लघुवित्त संघसंस्था र सहकारीको भरपुर प्रयोग गर्न भर्गनर नेपालले सबैको ध्यानाकर्षण गराउनु भयो ।
दक्षिण अफ्रिकी मुलुक रुवान्डाको उदाहरण दिदै गर्भनर खतिवडाले भन्नुभयो– रुवान्डामा राज्यले नै नागरिकलाई विदेश जाउ भन्छ, तर तयहाका नागरिकहरु विदेश नगई आफ्नै देशमा आत्म निर्भरताको बाटो खोजिरहेका हुन्छन् ।
तर हाम्रो देशमा ठिक उल्टो छ । राज्यले विदेश नजाउ भन्छ, हामी जानीजानी विदेशमा भासिन्छौ । आफू त कंगाल बन्छौ, बन्छौँ, राज्यलाई नै कंगाल बनाउँदै छौँ । उहाँले रुवान्डाभन्दा हाम्रो मुलुकभन्दा हर हिसावले बलियो भएको भन्दै त्यहाँबाट पाठ सिक्नु पर्ने बताउनु भयो ।
गर्भनर नेपालले मुलुकका ७५३ स्थानीय तहमध्ये अब जम्मा ११६ स्थानमा मात्र वित्तिय संस्था पुग्न बाकी रहेकाले ती स्थानमा पनि छिटै बैङकका कार्यालय पुग्ने र जनतालाई सरल रुपमा वित्तिय सेवा प्रदान गरिनेमा ढुक्क रहन आग्रह गर्नु भयो ।
मुलुकको माटो खेतीयोग्य र उर्वर हुँदा हुँदै पनि नेपालीहरु अल्छी बन्दा नुन, कपडा, सियो, गोलभेँडा, गोभी,प्याजल लसुनजस्ता सामान्य चिजहरु पनि आयात गर्नुपर्ने अवस्था आएको भन्दै त्यसलाई तत्काल चिर्नु पर्नेमा उहाँले जोड दिनु भयो । उहाँले विगतमा भएको नाकाबन्दीलाई ठुलो अवसरको रुपमा लिएर सबै आत्मनिर्भरताको बाटोमा घोत्लिनु पर्ने बताउनु भयो ।
नेताहरुले देश विगारे भन्दै उनीहरुलाई दोष थुपार्न छोडेर बिभिन्न उद्यममा लाग्न सके छिटै मुलुकको कायापलट हुने नेपालको भनाई छ । यसको लागि केन्द्र,प्रदेश तथा स्थानीय सरकारले उपयुक्त वातावरण सिर्जना गर्नु पर्ने र राजनैतिक दलका नेताले पनि यो समस्या समाधानतर्फ गम्भिर हुनु पर्ने गर्भनर नेपालको जोड छ ।
कार्यक्रममा राष्ट्र बैङक भैरहवा शाखाका निर्देशक अशोक पौडेलले कपिलवस्तु वित्तिय पहुचमा निकै पछि परेकाले यस क्षेत्रमा त्यसको आवश्यकता बोध गरी कपिल्वस्तुमा सत्यवतीलाई इजाजत दिएको प्रष्ट्याउनु भयो ।

प्रकाशित मिति : २० श्रावण २०७५ आइतबार ००:००  १२ : ३६ बजे