३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

जनताको गुनासो तत्काल सुनुवाई गर्न टेलिफोन संवाद कार्यक्रम सुरु 



काठमाण्डौ ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जनताको गुनासो तत्काल सुनुवाई गर्न टेलिफोन संवाद कार्यक्रम सुरु गर्नु भएको छ । रोल…

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पुनले शुक्रबारबाट सिधैं जनताको गुनासो सुनुवाई गर्न मन्त्रालयबाटै टेलिफोन संवाद गर्न सुरु गर्नु भएको हो । त्यस अवसरमा उहाँले देशका विभिन्न भागका जनताको गुनासो सुनुवाई गर्दै जलविद्युत आयोजनाको परिचालनबाट सबै भेगका जनतालाई समृद्ध बनाउने योजना अघि सार्नु भयो । मन्त्री पुनले हिमाल, पहाड र तराईका जनतालाई प्रत्यक्ष लाभ पु¥याउन सरकारले करिव ३ हजार ५ सय मेघावाट क्षमताको १६ वटा जलविद्युत आयोजना छनौट गरेको उल्लेख गर्दै त्यसले जनतालाई समृद्ध बनाउन सघाउ पु¥याउने विश्वास व्यक्त गर्नु भयो । उहाँले विद्युत आपूर्तिलाई सहज बनाउन नेपाल विद्युत प्राधिकरणलाई चुस्त बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको थियो । मन्त्री पुनले विद्युत महशुल उठाउने विषयलाई सहज बनाउन थप गृहकार्य गर्ने आश्वासन पनि दिनु भएको थियो ।

 

मन्त्री पुनसँग सेवाग्राहीहरुले जलविद्युत क्षेत्रको विकासमार्फत् जनतालाई समृद्ध बनाउने योजना के छ भनि टेलिफोनमार्फत जिज्ञासा राखेका थिए । यता, मन्त्री पुनले मुलुकलाई एकतावद्ध बनाउन पनि सबै क्षेत्रको जनताको सहभागितामा जलविद्युत आयोजना निर्माणको काम अघि बढाउने योजना अघि सारेको जवाफ दिनु भएको थियो ।

 

प्रकाशित मिति : १८ श्रावण २०७५ शुक्रबार ००:००  १० : २४ बजे