८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बंगलादेश काण्ड : विद्यार्थीलाई हेपेर बोल्ने गगनले पनि माफी मागे (भिडियो सहित)



काठमाडौं ।
नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो अभिव्यक्तिले बंगलादेशमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुलाई चोट पुगेकोमा माफी मागेका छन् ।
आफ्नो उद्देश्य अध्ययन गरेर डाक्टरहरुलाई चोट र्पुयाउनु नभएको उनले बताए । मंगलबार फेसबुक लाइभ मार्फत थापाले भने, जसले राम्रोसँग पढ्नु भएको छ, मेहनत गर्नु भएको छ । मेरो कारणले तपाईहरुको आत्मसम्मानमा चोट पुगेको छ । यसले मलाई पनि दुःख लागेको छ ।’
थापाले हालै मात्र एक कार्यक्रममा बंगलादेशमा पढने ९० प्रतिशत नेपाली विद्यार्थी प्रमाणपत्र पाउने निश्चित भएपछि अध्ययन गर्न गएको दाबी गरेका थिए ।
आफूले सामान्यीकरण गुर्नु र कुन तथ्यका आधारमा यो भनिएको हो प्रष्ट पार्न नसक्नु कमजोरी थाएको कांग्रेस सांसद थापाले स्वीकार गरेका छन् ।
तर, उनले बंगलादेशका धेरै निजी मेडिकल कलेजमा राम्रो पढाई नहुने अडान दोर्होयाएका छन् । बंगलादेश मेडिकल काउन्सिलका अध्यक्षले अन्तर्वार्ता र विभिन्न आलेखहरुलाई उनले प्रस्तुत गरेका छन् ।
बंगलादेशमा राम्रा कलेज पनि रहेको तर, त्यहाा नगन्य नेपाली विद्यार्थी रहेको बताए । उनले नेपाल मेडिकल काउन्सिलले लिएका परीक्षामा विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर आउनेहरु ३२ पटकसम्म फेल हुने गरेको तथ्य राखेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७५ बिहिबार ००:००  ७ : ०२ बजे