५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ओली आएपछि देशमा बोली मात्रै सस्तो भयो : कांग्रेस नेता खाँण



भैरहवा ।
नेपाली कांग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओली नेपालका मालिक बन्न खोज्नु कम्युनिस्ट सर्वसत्तावाद भएको आरोप लगाउनुभएको छ । कांग्रेस रुपन्देहीले आज भैरहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस नेता खाँडले सरकारलाई सन्देश दिन देशैभर पार्टीले सभा आयोजना गरेको बताउनुभयो ।
सभालाई सम्बोधन गर्दै नेता खाणले ओली आएपछि देशमा बोली मात्रै सस्तो भएको अरु सबै महंगो भएको व्यंग्य गर्नुभयो । अहिले बजारमा ओलीको बोली मात्रै सस्तो छ । त्यसैले ओलीको बोली र अधिकार माग्दा जनता माथी चलाउने गोली तत्काल बन्द गर्न चेतावनी दिनुभयो । सभालाई सम्बोधन गर्दै कांग्रेस नेता सांसद भरत कुमार शाहले नेकपाको सरकारले देशमा महंगी मात्रै बढाएको बताउनुभयो ।
ओली सरकारले २७ पटक महंगी बढाईसकेकोल जनताहरु आकुल व्याकुल भएको शाहाले बताउनुभयो । भैरहवाको बुद्धचौंकबाट शुरु भएको विरोध र्याली सरकार विरुद्ध नाराबाजी गर्दै मिलनचौकमा गई विरोध सभामा परिणत भएको थियो।
उता सरकारको क्रियाकलाप विरुद्ध असन्तुष्टि जाहेर गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना कार्यकर्ताहरु सडकमा उतारेको छ । केन्द्रिय कार्यक्रम अनुसार दाङमा पनि नेपाली काँग्रेसले सडकमा कार्यकर्ताहरु उतारेर सरकारलाई खबरदारी गरेको छ ।
घोराहीमा ¥याली र सभाको आयोजना गर्दै काग्रेस नेताहरुले सरकारको क्रियाकलापलाई अधिनायकबादी चरित्रको रुपमा टिप्पणी गरेको छ । नेपाली काँग्रेस दाङको पार्टी कार्यालयबाट सुरु भएको ¥याली घोराही बजारका विभिन्न भागको परिक्रमा गर्दै तुलसीपुर चौकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद तथा लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले सरकारले जनताको ढाड सेक्ने गरी लगाएको करको दायरा तत्काल फिर्ता गर्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेता कमलकिशोर घिमिरेले दलाल र माफियाहरुलाई काखी च्यापेर बसेको सरकारले जनताबाट कर अशुल्नमा कुनै कसर बाँकी नराखेको बताए । कार्यक्रममा बोल्ने सहभागीहरुले १३ वर्षीया बालिकाको बलात्कार देखि दुर्गा प्रसाईको काण्डको जिम्मेवार सरकार रहेको भन्दै आक्रोस ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७५ मंगलबार ००:००  ४ : ३८ बजे