५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अर्घाखाँचीलाई पर्यटकिय क्षेत्र बनाउने गृहकार्यमा छु : रायमाझी



बिष्णु कुमार आले, अर्घाखाँची ।
पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिसभाका सदस्य टोप बहादुर रायमाझीले अर्घाखाँचीको ठाडा डमरू दह, सुपादेउराली तथा नर्तनाचल पर्वत नरपानी क्षेत्रलाई पर्यटकिय रूपमा बिकास गरि आन्तरिक तथा बाह्य पर्यटन भित्राउन आफु लागि परेको बताउनु भएको छ ।
नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीको आयोजनामा सहीद मनोज झपेन्द्र सुरेन्द्र स्मृति पार्कको मंगलबार सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा सिल्यान्यास गर्दै रायमाझीले यस्तो बताउनुभएको हो । यस क्षेत्रमा पर्यटक भित्रिए पछि कम्तीमा पनि एक दुई हप्ता बसेर अवलोकन गर्न सक्ने खालको बिकास गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
नेकपाका नेता समेत रहनुभएका उहाले पार्कको एक कार्यक्रमका बीच मंगलबार उद्घाटन गर्नु भएको छ । कार्यक्रममा राष्ट्रियसभाका सदस्य चन्द्र बहादुर खड्का प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे, निर्मला क्षेत्री, जाल्पा भुसाल, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, भुमिकास्थान नगरपालिकाका प्रमुख रेसम थापा, मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम निजामती कर्मचारी संगठनका अध्यक्ष बलाराम मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो । पार्क निर्माणमा झन्डै ५० लाख लागत लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७५ मंगलबार ००:००  ४ : ३३ बजे