७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

सरकारलाई बलात्कार देखि दुर्गा प्रसाई काण्डको दोष



नवीन अभिलाषी, दाङ ।
सरकारको क्रियाकलाप विरुद्ध असन्तुष्टि जाहेर गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना कार्यकर्ताहरु सडकमा उतारेको छ । केन्द्रिय कार्यक्रम अनुसार दाङमा पनि नेपाली काँग्रेसले सडकमा कार्यकर्ताहरु उतारेर सरकारलाई खबरदारी गरेको छ ।
घोराहीमा ¥याली र सभाको आयोजना गर्दै कांग्रेस नेताहरुले सरकारको क्रियाकलापलाई अधिनायकबादी चरित्रको रुपमा टिप्पणी गरेको छ । नेपाली काँग्रेस दाङको पार्टी कार्यालयबाट सुरु भएको ¥याली घोराही बजारका विभिन्न भागको परिक्रमा गर्दै तुलसीपुर चौकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद तथा लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले सरकारले जनताको ढाड सेक्ने गरी लगाएको करको दायरा तत्काल फिर्ता गर्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा काँग्रेसका नेता राजु खनालले लामो परिवर्तन पछि बनेको दुई तिहाईको सरकारले देशमा राहत र परिवर्तनको महसुस गराउने गरी विकास गर्न भन्ने अपेक्षामा कुठाराघात गरेको बताउनुभयो ।
सभालाई सम्बोधन गर्दै निबर्तमान सांसद सुशिला चौधरीले महिलाहरुको अधिकार खोस्ने, जनतालाई मार पार्ने गरी कर लगाउने, अपराधीलाई छोड्ने र माफियाहरुको संगत गर्ने सरकारबाट समृद्धिको आसा गर्न नसकिने बताउनुभएको छ ।
कार्यक्रममा नेता कमलकिशोर घिमिरेले दलाल र माफियाहरुलाई काखी च्यापेर बसेको सरकारले जनताबाट कर अशुल्नमा कुनै कसर बाँकी नराखेको बताए । कार्यक्रममा बोल्ने सहभागीहरुले १३ वर्षीया बालिकाको बलात्कार देखि दुर्गा प्रसाईको काण्डको जिम्मेवार सरकार रहेको भन्दै आक्रोस ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७५ मंगलबार ००:००  १२ : १९ बजे