मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाले साउन ७ गते महिला स्वयमसेविकालाई साइकल बाड्यो । आर्थिक बर्ष सकिएको एक हप्ता पछि नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि साइकल बाडेको थियो । जुन बेला नगरपालिकाले साइकल बाड्यो, त्यो बेला आर्थिक मसान्त सकिएको थियो । कानुनी नियम अनुसार असार २५ गते सम्म सबै भुक्तानी दिएर सिध्याउनु पर्छ भने कार्यक्रमहरु असार दोस्रो हप्ता सम्म सके राम्रो मान्निछ । नत्र तोकिएको समयमा उपभोक्ता, ठेकेदार वा कुनै संघ संस्थाले काम गर्न नसके नगरपालिकाले रकम बेरुजु राखिदिन्छ । कार्यक्रम हुनै नसके बजेट फ्रिज भएर जान्छ । यो सामान्य कुरा आमसर्वसाधारणलाई थाहा छ ।
तर नेपालकै पुरानो नगरपालिका अन्तर्रगत पर्ने कपिलवस्तु नगरपालिकाले आफै कानुनको खुलम खुल्ला खिल्ली उडाएको छ । आव २०७४÷०७५ मा नगरपालिकाको स्वास्थ्य शाखाले महिला स्वास्थ्य स्वयमसेविकाका लागि साइकल दिन १० लाख बराबरको बजेट छुट्याएको थियो । यो बजेट समयमा नै सक्नुपर्ने भएपनि नयाँ आर्थिक बर्ष शुरु भएको एक हप्ता पछि कार्यक्रम गरेर सकाएको हो । यस विषयमा आमसर्वसाधारणले विभिन्न टिकाटिप्पणी गरिरहेका छन । समयमा काम सकिएन भने भुक्तानी नदिने प्रथा आम सर्वसाधारणलाई लागु हुन्छ तर नगरपालिकाले मनलाग्दी समयमा काम गरेपनि हुने रैन छ तौलिहवाका एक स्थानीयले भने । उनका अनुसार नगरपालिकाले कार्यक्रम नसक्दै चेक काटेको र आर्थिक बर्ष सकिएको एक हप्ता पछि कार्यक्रम गरेको हो । यसले आम नगरपालिकाको विकास कसरी अगाडी बढेको छ भन्ने प्रष्ट पारेको ती स्थानीयले बताए ।
यति मात्र होइन रोचक कुरा त अझ अर्कै छ । नगरपालिकाले साइकल बाड्ने कार्यक्रम साउनको ७ गते राखेको थियो । व्यानरमा लेखिएको थियो असार ७ गते । किन यसरी कार्यक्रम गरेको समय र व्यानरमा लेखिएको मिति फरक भयो ? यसले गम्भिर प्रश्न उब्जाएको छ । साथै यसबाट नगरपालिकाले चाहे जे गरेपनि हुन्छ भन्ने प्रमाणित भएको छ ।
साउन ७ गते कार्यक्रम आयोजना गर्ने र असार ७ को व्यानर राख्ने नगरपालिकाको यो कदमले लज्जाबोध गराएको तौलिहवाका एक व्यापारीले नाम नबताउने शर्तमा गुनासो गरे ।
कानुनको खुलम खुल्ला बर्खिलाप गरेको थाहा पाए पछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यलाई किन यस्तो भयो भनेर प्रश्न सोध्यौ ? तर उनले यस्तो पनि भएछर भनेर उल्टै हामी माथि प्रश्न तेर्साए । तपाईले यस्तो भएको भए प्रमाण देखाउनु भनेर चुनौती दिएका उनले हामीले सप्रमाण छ, भने पछि केही हिच्किएका थिए । पछि उनले यस्तो नहुनु पर्ने हो भनेर सजिलै जवाफ फर्काए ।
नगरपालिकाले स्वास्थ्य सेवामा पहुँच बढाउन नगरपालिकाका १ सय ३७ महिला स्वयमसेविकालाई साईकल बाडेको हो । नगरपालिका भित्र रहेका १२ वडाका सबै महिला स्वमसेविकालाई साईकल बाडिएको थियो । कुल १० लाख रुपैयाको लागतमा साईकल खरिद गरिएको नगरपालिका स्वास्थ्य ईकाईले जनाएको छ ।
उक्त कार्यक्रममा नगरपालिकाका मेयर किरण सिंह उपमेयर लक्ष्मी कसौधन, प्रमुख कार्यकारी अधिकृत बिमलराज आचार्य र वडाअध्यक्षको उपस्थिती थियो ।
१५ श्रावण २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया