५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कपिलवस्तु कांग्रेसको सरकार विरुद्धको प्रर्दशन (फोटो फिचर)



मायादेवी अनलाइन, कपिलवस्तु ।

मुख्य विपक्षी दल नेपाली कांग्रेस कपिलवस्तुले पनि सरकारविरुद्ध तौलिहवामा प्रदर्शन गरेको छ । सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित अधिनायकवादी बाटोमा अघि बढेकाले खबरदारी गर्न कांग्रेसले देशका ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो । संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भए पनि अहिले एकै दलका सभामुख र उपसभामुख रहेका, महंगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको ठहरसहित सबै जिल्लामा प्रदर्शन भएको छ ।

तौलिहवामा कांग्रेस कार्यकर्ता विरोध प्रर्दशनका लागि विहान १० बजे देखि जम्मा भएका थिए । विभिन्न नारा लगाउँदै कांग्रेस कार्यकर्ताले तौलिहवाका विभिन्न बजार परिक्रमा गरेका थिए ।

यस्तो छ विरोध प्रर्दशन

प्रकाशित मिति : १५ श्रावण २०७५ मंगलबार ००:००  ९ : ४० बजे