७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

क्रिकेटको जन्मदाता इङ्ल्याण्ड हजार टेस्ट क्रिकेट खेल्ने



एजेन्सी ।
इङ्ल्याण्डले भारत विरुद्ध बुधबार हुने टेस्ट क्रिकेटसँगै १ हजार टेस्ट क्रिकेट खेल्ने रेकर्ड बनाउने भएको छ । १ हजार टेस्ट क्रिकेट खेल्ने इङ्ल्याण्ड पहिलो देश पनि बन्ने छ । इङ्ल्याण्डलाई क्रिकेटको जन्मदाता पनि मानिन्छ ।
१९०२ देखि टेस्ट क्रिकेट खेल्न थालेको इङल्याण्ड्स अहिले सम्म ९९९ टेस्ट म्याचमा मध्य ३५७ मा जित हात पारेको छ भने २९७ खेलमा पराजित पनि भएको छ । त्यसैगरी बराबरीमा ३४५ म्याच सकिएका छन् ।
भारत विरुद्धको पहिलो टेस्ट सुरुहुनुभन्दा पहिले मैदानमा १ हजार टेस्ट खेल खेल्न लागेको इङ्ल्याण्डलाई चाँदीको तक्मा प्रदान गरिने क्रिकेटको सर्वोच्च निकाय आईसीसीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७५ मंगलबार ००:००  ४ : ०० बजे