काठमाडौं ।
आज देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसोपख पूर्व र पश्चिमका एक दुई ठाउँमा र राति देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको जनाएको हो ।
दिउँसो केहीबेर काठमाडौं उपत्यकामा मौसम खुले पनि फेरि बदली हुने र पानी पर्ने सम्भावना छ ।
अबको तीन दिन ठूला नदीमा बाढीको जोखिम छैन । तर चुरे र पहाडका सानामा नदीमा पानी परेको बेलामा सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाको आग्रह छ । यस्तै भिरालो जमिन वा यसअघि पहिरो गएको ठाउँमा आहोर–दोहोर गर्दा सतर्क हुन शाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया